Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ साउन ११ गते शुक्रबार

एकिकृत नमुना बस्ती निमार्ण गरि पटरा खल्लाका बाढीपिडितलाई ब्यवस्थापन गर्ने योजना

दोधारा चाँदनीका बाढीपिडितहरु अझै सम्म बिद्यालय आश्रय लिएर बस्दै आएका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाका वाढी पीडित अझै विद्यालयमा (आश्रय स्थल) लिएर बस्दै आएका छन् । जगबुडा नदी बस्तीमा उर्लिएपछि पटरा खल्लाका २७ परिवार विस्थापित भएका हुन् । बस्तीमा वाढी पसेपछि घर भित्र हिलाम्मे भएर घर क्षति देखि खेतबारी बालुवामा परिणत भएपछि उनीहरु घर फर्किन सकेका छैनन । विस्थापित परिवार अझै पनि नजिकैको जमुना आधारभूत विद्यालयमै बसेका छन । २७ परिवार मध्ये १६ परिवार विद्यालयमै आश्रय लिएर बसेका हुन । भने १० परिवार आफन्त र छिमेकीको घरमा बस्दै आएका छन् । दोधारा चाँदनी नगरपालिकामा गएको २४ र २५ गते आएको अबिरल वर्षा संग जगबुडा नदीको भंगालो बस्ती पसेपछि पटरा खल्लाका वाढी पीडित अझै घर फर्किने अवस्था नभएपछि बाध्य भएर विद्यालयमै बस्नु परेको बाढीपिडित मानमती गौर बताउनुभएको छ् । वाढीले घरमा भएको अन्न, रासनपानी सरसमान संगै बस्तुभाउ पनि बगाईदिएपछि उनिहरु रातीका बेला ज्यान जोगाउनै समस्या भएको उहाँले बताउनुभएको छ् । विस्थापित भएपछि नगरपालिका र बिभिन्न गैरसरकारी संस्थाहरुले राहत दिएको मानमती गौरको भनाई रहेको छ् । वाढी पीडित मानमती गौरले राती जगबुढा नदी बस्ती पसेपछि लालाबाला सहित जोखिम मोलेर उचो भागमा आएको बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले पटरा खल्लाको बाढीबाट क्षती बनाएको भौतिक संरचनाको स्थालगत अनुगमन गर्नुभएको छ् । बाढीले प्रभावित भएका स्थानियहरुको अवस्था बुझ्न नगर प्रमुख लिम्बु पटरा खल्ला पुगेर स्थानियहरु संग भेट गर्नुभएको हो । पटराखल्ला नदीकै सतह संग समान उचाईमा रहेकाले हरेक बर्ष वाढीको चपेटामा पर्ने भएकाले एकीकृत नमुना बस्ती बनाएर उनीहरुको पुर्नस्थापना गर्ने योजनामा नगरपालिकाले सरोकारवालाहरु संग समन्वय तथा छलफल गर्दै आएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । वर्षायाममा हुने बाढीको चपेटाबाट स्थानियहरुको धनमाल तथा मानविय क्षतीलाई रोक्न हालको लागी जमुना आधारभुत बिद्यालयको अग्लो खाली रहेको जग्गामा हाललाई अस्थायीरुमा बाढीपिडितहरुको ब्यवस्थापन गर्ने तयारीमा नगरपालिका कार्यालय जुटेको उहाँको भनाई रहेको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>