Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
दार्चुला
२०८१ साउन १३ गते आइतबार

पहिलाे पटक क्षेत्तेली भाषाकाे व्याकरण तथा शब्द संग्रह प्रकाशन भयाे ।

लाेप हुने अवस्थामा पुगेकाे क्षेत्तेली भाषाकाे व्याकरण तथा शब्द संग्रह पहिलाे पटक प्रकाशन भएकाे छ । दार्चुला जिल्लाकाे मार्मा, अपि र नाैगाड गाउँपालिका तिर छुट्टै भेषभुषा रहनसहन र संस्कृति पाईन्छ । उक्त क्षेत्रका केही भाग मल्देश भनेर चिनिने गरेकाे छ । मुख्यगरि  अपि हिमाल गाउँपालिकाका क्षेत्रलाइ मन्देश भनिन्छ उक्त क्षेत्रमा बाेलिने भाषा मन्देसि भाषा हाे । याे भाषा लाेप हुने अवस्थामा पुगेकाे छ ।
"भाषा र संस्कृती समुदायको पहिचान "भन्ने मुल नाराका साथ क्षेत्तेली भाषाको ब्याकरण तथा शब्द संग्रह पुस्तक विमोचन   शुक्रवार अपिहिमालकाे खण्डेश्वरिमा भएकाे छ । उक्त कार्यक्रममा पालिका अध्यक्ष भगतसिह ठेकरे बाेहरा र क्षेत्तली भाषा तथा सस्कृति उत्थान समितिका संयाेजक शेरसिह धामीले पुस्ककाे लाेकार्पण गरेका छन ।
पालिका क्षेत्रमा क्षेत्तली भाषा बाेल्ने ४ जना जेष्ठ नागरिक तुलासिह ठेकरे बाेहरा, मानसिह ठेकरे बाेहरा, लक्षिमा अट्याल र मनुरि धामि रहेका छन । तिमध्ये तुलासिह ठेकरे बाेहराले बिगतमा आफ्नाे भाषाकाे एक कृति समेत प्रकाशन गरेकाे पालिका अध्यक्ष ठेकरे बाेहराले बताएका छन । 
पालिकामा आयाेजित कार्यक्रममा चारै जना जेष्ठ नागरिकलाई सम्मान समेत गरिएकाे छ ।
 मल्देशी भाषा तथा संस्कृति उत्थान समाजकाे प्रयास तथा भाषा आयाेगकाे सहजिकरणमा पालिकाले कार्यक्रम गरेकाे छ।  याे प्रयासले क्षेत्तेली भाषा उत्थानमा महत्त्वपूर्ण कोसेढुंगा सावित गर्ने यस कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने  सबै लाई पालिका अध्यक्ष ठेकरे बाेहराले धन्यवाद समेत दिएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>