Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ साउन १३ गते आइतबार

दाउरा निकाल्ने क्रममा डुबेर महाकाली नदीमा बेपत्ता व्यक्तिको शव फेला परेको छ । शनिबार साँझ कञ्चनपुरको दोधाराचाँदनी झोलुङ्गे पुल नजिक महाकाली नदीमा डुबेर बेपत्ता हुनु भएका दोधाराचाँदनी नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ५० वर्षीय रतन भट्टको खोजीकार्य गर्दै जाँदा आइतबार मध्यान्ह शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिनुभयो ।

नदीले बगाएर ल्याएका दाउरा सङ्कलन गर्ने क्रममा अकस्मात् नदीमा पानीको बहाव बढेपछि भट्ट बेपत्ता हुनु भएको थाहा पाउने बित्तिकै शनिबार साँझ नै उद्धार टोली परिचालन भई अबेर साँझसम्म र आइतबार बिहानै देखि पुनः खोजीकार्य गर्दै जाँदा दोधाराचाँदनी नगरपालिका वडा नम्बर ६ संसारी टोल स्थित महाकालीको बगरमा शव फेला परेको एनएनएसडब्ल्युएका सहजकर्ता लक्ष्मी भट्टले जानकारी दिनुभयो । शवको परीक्षण गरेर परिवारजनलाई बुझाइने र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>