Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८१ साउन १४ गते सोमबार

दोधारा चाँदनीका बाढी पिडितलाई युनिक सनराईज स्कुलको सहयोग

युनिक सनराईज ईग्लिस स्कुलले दोधारा चाँदनी नगरपालिकाका बाढी पिडितहरुलाई लागी आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ् । युनिक सनराईज ईग्लिस स्कुलका प्रधानध्यापक, शिक्षकहरुले दोधारा चाँदनी नगरपालिका कार्यालयका पुगेर नगर प्रमुख किशोर कुमार लिम्बु तथा नगरपालिकाका कर्मचारीहरुलाई भेट गरि बिद्यालयका प्रधानध्यापक, शिक्षकहरुबाट संकलन गरिएको रु. ४० हजार नगद रकम नगर प्रमुख किशोर कुमार लिम्बुलाई हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिका नगर प्रमुखको सचिवालयले जनाएको छ् । दोधारा चाँदनी नगरपालिकामा केही दिन अघि ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै आएको महाकाली नदी र जगबुडा नदीको बाढीले स्थानियहरुमा ठुलो धनमालको क्षती बनाएको भन्दै नगर क्षेत्रमा बसोवास गर्ने स्थानियहरुको सहयोगार्थ उक्त रकम नगरपालिका कार्यालयलाई हस्तान्तरण गरिएको युनिक सनराईज ईग्लिस स्कुलका प्रिन्सपल सुमित्रा खड्का लिम्बुले जानकारी दिनुभएको छ् । बाढीले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा थुप्रै स्थानियहरुको खेतीवाली, खाद्यान्न, भाडाकुडा, लत्ताकपडा बगाएर लगेको अवस्थामा आफ्नो बिद्यालयले केही गर्नु पर्छ भन्ने उद्धेश्यले सहयोग गरिएको प्रिन्सपल सुमित्रा खड्का लिम्बुले बताउनुभएको छ् । युनिक सनराईज ईग्लिस स्कुलका प्रिन्सपल सुमित्रा खड्का लिम्बु, शिक्षक सागर राना, उत्कर्ष जोशी, अर्जुन शर्मा, सुमित खड्का, राजेन्द्र साँउद, बिष्णा ओझा, हेमा बस्नेत, प्रियंका खड्का, प्रिया लिम्बु, सृजना चन्द, सन्तोषी उपाध्याय, सपना चन्द, शोभा सुनार लगाएतहरुबाट उक्त रकम संकलन गरिएको युनिक सनराईज ईग्लिस स्कुल दोधारा चाँदनीले जनाएको छ् । युनिक सनराईज ईग्लिस स्कुलबाट प्राप्त रकमलाई विपद् ब्यवस्थापन कोषामा जम्मा गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>