Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ साउन १४ गते सोमबार

सुदुरपश्चिमका सान्सद टर्च बालेर सरकार खाेज्दै

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठकमा सरकारको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरुले सरकारको खोजी गरेका छन्। सोमबार २ बजे बसेको बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरुको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरुले टर्च बालेर सरकारको खोजी गरेका हुन्।
‘अहिले वर्षातका कारण बाढी तथा पहिरोबाट आम जनताहरु समस्यामा परिरहेका छन्’ नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावलले भने–‘सदनलाई ‘फेस’ गर्न नसक्ने, सदनमा उपस्थित हुन नसक्ने यो सरकार गैरजिम्मेवार बनेकोले दिउँसै टर्च बालेर खोजी गर्नुपर्ने अवस्था आएको छ। राति हराउनु त ठिकै हो तर, यो सरकार दिउँसै हरायो।’

नेपाली कांग्रेसका सचेतक विक्रमसिंह धामीले सरकार अल्पमतमा रहेकोअवस्थामा राजीनामा दिनुपर्ने बताए। उनले भने –‘सरकारले आफुमाथिनै भरोसा नगरेर संसदलाई बेवास्ता गर्‍यो। यो कारणले सरकारले नैतिकरुपले राजिनामा दिनुपर्छ।’
प्रदेश सभाको बैठकमा कम्तीमा पनि एक जना सरकारको मन्त्रीको सहभागिता हुनुपर्छ। पहिलो र दोस्रो बैठकमा सहभागी भएकी भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापालाई मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आइतबार पदबाट हटाइदिएपछि सोमबारको बैठक सरकारविहीन भएको थियो।
सोडारीले प्रदेश सभामा नजान ह्विप जारी गरेपछि पनि थापा पहिलो र दोस्रो बैठकमा सहभागी भएकी थिइन्। अल्पमतमा परेर पनि ३० दिनअघि सरकार नछोड्‍ने मुड बनाएका मुख्यमन्त्री सोडारी अहिलेको विशेष अधिवेशन सञ्चालन नहोस् भन्ने चाहन्छन्।
उनले अध्यादेश ल्याउनका लागि संसदको बजेट अधिवेशन बन्द गराएपछि कांग्रेस र एमालेका एक चौथाई सांसदहरुले विषेश अधिवेशन माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले साउन ८ गते विषेश अधिवेशन बोलाएका थिए।

पहिलो बैठकमा खासै छलफल नभएपछि आइतबार बसेको प्रदेश सभाको बैठकमा प्राकृतिक प्रकोपका बारेमा विषेश समय लिएर चार दलका चार सांसदहरुले बोलेका थिए। नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रम धामी, एमाले दल नेता रावल र नाउपाका रामेश्वर चौधरीको नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>