Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ साउन १४ गते सोमबार

वडा सदस्य कुवरले विपिनका परिवारलाई भेटाए परराष्ट्रमन्त्री राणा संग, आफ्नो  तर्फबाट पहल गर्ने प्रतिबद्धता

हमास समुहको नियन्त्रणमा रहेका कञ्चनपुरको महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाईको माग अघि सार्दै घर परिवारले नयाँ परराष्ट्रमन्त्रीलाई भेटेका छन । सोमबार विपिन जोशीका बाबु महानन्द जोशी सहितका घर परिवारका सदस्य एव भीमदत्त नगरका जनप्रतिनिधीले परराष्ट्रमन्त्री डा. आरजु राणा(देउवा)लाई भेटेका हुन ।

(काँग्रेस–एमाले) गठबन्धनको नयाँ सरकार गठन भएपछि विपिनका परिवारले पहिलो पटक परराष्ट्रमन्त्री देउवालाई मन्त्रालयमै भेटेर रिहाईको माग अघि सारेका छन । भीमदत्त नगरपालिका ३की वडा सदस्य समेत रहेकी महिला नेतृ मिना कुँवर (ठगुन्ना)को पहलमा विपिनका बाबु महानन्द र उनका दाजु किशोर जोशी सहितले परराष्ट्रमन्त्री आरजुलाई भेटेर शिघ्र रिहाई गरिदिन अनुरोध गरेका छन ।

भीमदत्त नगरकी जनप्रतिनिधी मिना कुँवरले लामो समयदेखि हमास समुहको नियन्त्रणमा रहेका विपिनको रिहाईका लागि वर्तमान सरकारले पहल गरिदिनुपर्ने र त्यसको नेतृत्व परराष्ट्रमन्त्रीले लिनुपर्ने माग अघि सारेर आफु र विपिनका घर परिवारले परराष्ट्रमन्त्री आरजुसंग जोडदार माग अघि सारेका छन । यस अघि विपिनको परिवारले (माओवादी,काँग्रेस), (माओवादी,एमाले) नेतृत्वको गठबन्धन सरकारका तत्कालिन गृहमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्री समक्ष विपिनको रिहाईको माग अघि सारेका थिए ।
परराष्ट्रमन्त्री डा. आरजु राणा (देउवा)ले विपिनको रिहाईका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन ।

गत बर्ष २० असोज ०८० मा प्यालेष्टाईनी हमास समुहले ईजरायलमा आक्रमण गर्दा सु.प. विश्वविद्यालय टीकापुर कृषि क्याम्पसबाट ईजरायलमा ‘लर्न एन अर्न’ कार्यक्रम अन्र्तरगत ईजरायल गएका थिए । हमास समुहको नियन्त्रणमा रहेका विपिन जोशी झण्डै साढे १० महिनादेखि परिवारको सम्पर्कमा नआएपछि घरपरिवारमा संन्नटा छाएको छ । विपिन जोशी हमास समुहको नियन्त्रणमा आएदेखि जनप्रतिनिधी मिनाले निरन्तरत रिहाईका लागि पहल गर्दै आएकी छिन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>