Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ साउन १५ गते मङ्गलबार

दोधारा चाँदनीको सिमा क्षेत्रको अठार नम्वर पिल्लर बस्ती जोगाउन अस्थायी तटबन्ध निर्माण

कञ्चनपुरका दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत संग जोडिएको नेपाली सिमा बस्तीलाई बाढीबाट जोगाउन दोधारा चाँदनी नगरपालिकाले अस्थायी तटबन्ध निमार्ण कार्यलाई तिब्रता दिएको छ् । दोधारा चाँदनी नगरपालिका– १० को अठार नम्वर पिल्लर बस्तीलाई बाढीबाट जोगाउन दोधारा चाँदनी नगरपालिका र  स्थानियहरुको सहयोग र सहकार्यमा अस्थायी तटबन्ध निमार्ण कार्य सुरु गरिएको स्थानिबासीहरुले बताएका छन् । अठार नम्वर पिल्लर बस्ती दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत संग जोडिएको नेपाली सिमा बस्ती हो । जगबुडा नदीको पारिको बस्ती अठार नम्वर पिल्लर बस्तीमा अस्थायी तटबन्ध निमार्ण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । नगर क्षेत्रमा केही दिन अघि ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै जगबुडा नदीको बाढीले बिभिन्न बस्तीहरुमा ठुलो क्षती बनाएको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् । फेरी आउन सक्ने बाढीबाट बस्तीलाई जोगाउन अठार नम्वर पिल्लर बस्तीमा अस्थायी तटबन्ध निमार्ण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले भनाई रहेको छ् । यस पटक महाकाली नदी भन्दा बढी क्षती जगबुडा नदीले बनाएको उहाँको भनाई रहेको छ् । बाढीले नगर क्षेत्रको पटरा खल्ला, सुन्दरनगर र अठार नम्वर पिल्लर बस्तीमा बाढीले ठुलो क्षती बनाएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । हालको लागी अठार नम्वर पिल्लर बस्ती र सुन्दरगर बस्तीमा अस्थायी तटबन्ध निमार्ण कार्य सुरु गरिएको उहाँले बताउनुभएको छ् । अठार नम्वर पिल्लर बस्तीको पश्चिम–दक्षिण भएर बग्ने जगबुडा नदीले बर्सेनी ठूलो धनजनको क्षति गर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिकाको दक्षिण–पश्चिम तर्फ भएर बग्ने जगबुडा नदीले तटिय क्षेत्रका बस्तीमा धनजनको क्षति गर्नुका साथै खेती योग्य जग्गा कटान गर्दै आएको छ् । जगबुडा नदीले वर्षा संग हिउदमा समेत जग्गा कटानी गर्न थालेपछि अठार नम्वर पिल्लर बस्तीका स्थानीयहरुमा पीडा थप्दै आएको स्थानियबासी दिल बहादुर रानाले बताउनुभएको छ् । महाकाली नदीमा आएको तीव्र गतीको पानीको बहवाले जगबुडा नदीको पानीको बहावलाई रोकिदिएपछि जगबुडा नदीको पानी ओभरफ्लो भएर अठार नम्वर पिल्लर बस्तीमा पस्ने गर्छ् । वर्षातामा बस्तीमा जगबुडा नदीको भंगालो बस्तीमा पसेपछि नदीले कटान र डुवान गर्दै आएको दिल बहादुर रानाले बताउनुभएको छ् । स्थानिय सरकारले बस्तीको पिडामा सघाउदै आएपनि प्रदेश सरकार र संघिय सरकारले बस्ती बचाउन खासै चाँसो नदेखाएको उहाँको भनाई रहेको छ् । घर नजिक जगबुडा नदी पुगेर पछि बस्तीमा त्रास छाएको उहाँले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाकै सबै भन्दा सानो बस्तीको नाउले चिनिने अठार नम्वर पिल्लर बस्तीमा ७ घरधुरीहरु रहेका छन् ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>