Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ साउन १५ गते मङ्गलबार

ब्रिक्सटनमा बिसिए र एमबिएका कक्षा संचालन हुने

ब्रिक्सटन कलेज कञ्चनपुर र नाष्ट कैलालीले एमविए र विसिए कक्षा सञ्चालनमा ल्याएका छन् । दुवैं पोखरा विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्था हुन् । आज एक समारोह विच एमविए र विसिएको कार्यक्रम शुभारम्भ गरिएको छ । कार्यक्रममा उपस्थित प्रमुख अतिथी पोखरा विश्वविद्यालयका व्यवस्थापन अध्ययन डिन. डा. दयाराज ढकालले एमविए र विसिए कार्यक्रम शुभारम्भ गर्नु भएको हो । अहिले सम्म विविए पढाई हुदै आएको व्रिक्सटन कलेज र नाष्टाले अब नयाँ शैक्षिक सत्र बाट एमविए र विसिएको कक्षा सञ्चालन गर्नेछन् ।
‘विसिएको नयाँ कोर्षमा पढाईको साथ साथै जीवनमा कसरी सफल बन्न सकिन्छ भन्ने विषय उठान गरेको छ जसले गर्दा जुन विद्यार्थीले पोखरा विश्वविद्यालबाट विसिएको शिक्षा हासिल गरेको छ उसले कुनै पनि क्षेत्रमा सफल हुने विश्वास लिएको’ पोखरा विश्वविद्यालयका प्रबन्ध निर्देशक शिवहरी मुडभरीले बताउनु भयो । उच्च शिक्षा हासिल गर्न वा एमविए पढ्नको लागि कञ्चनपुरका विद्यार्थी काठमाडौं धाउने गरेका थिए । अब उपरान्त उच्च शिक्षा हासिल गर्न काठमाडौं धाउनु पर्ने छैन् लामो समय देखि विविएको शिक्षा दिदैं आईरहेको ब्रिक्सटन कलेज कञ्चनपुरको उत्कृष्ट शैक्षिक संस्था मध्ये एक पर्छ यहाँ बाट विविए गरेर गएका विद्यार्थी अहिले केही कर्मसियल क्षेत्रमा रहेका छन् भने केही विदेशी भूमिमा राम्रो पदमा रही काम गर्दै आएका छन् ।
एमविए र विसिएको कार्यक्रम शुभारम्भको अवसर पारेर मंगलबार विहान वेदकोट नगरपालिका ७ र ८ स्थित विद्धा आश्रममा जेष्ठ नागरिकहरुलाई खिर खुवाईको व्रिक्सटन कलेजका प्रिन्सपल भोजराज पन्तले बताउनु भयो ।पोखरा विश्वविद्यालयको आयोजना एवम् ब्रिक्सटन कलेजको संयोजकत्वमा भीमदत्त स्थित होटेल ओपेराको सभाकक्षमा व्यवस्थापनको संशोधित पाठ्क्रम सम्बन्धि कार्यक्रममा कलेजका विद्यालय व्यवस्थापन समिती अध्यक्ष डा.नेत्र राज चटौतको अध्यक्षतामा, पोखरा विश्वविद्यालय व्यवस्थापन अध्ययन, डिन डा. दयाराज ढकालको प्रमुख आतिथ्यमा रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>