Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ साउन १६ गते बुधबार

काठमाडौ बाट धनगढी जाँदै गरेकाे प्लेनमा अभद्र ब्यावहार गरेकाे आराेपमा युवा पक्राउ

श्री एयरलाइन्सको काठमाडौंबाट धनगढी जाँदै गरेको विमानमा एयर होस्टेसमाथि दुर्व्यवहार गरेको भन्दै एक युवा पक्राउ परेका छन् । कैलालीको गोदावरीका शिवराज ओझालाई अभद्र व्यवहारमा पक्राउ गरेको हो ।
ओझाले विमानमा एयर होस्टेसको अगाडि सिटमा बसेर जिस्क्याएको र एयरहोस्टेसतर्फ आफ्नो खुट्टा लगेको आरोप प्रहरीको छ ।

एयर होस्टेसले पटक पटक आग्रह गर्दा पनि ओझाले नमानेपछि क्याप्टेनलाई खबर गरेकी थिइन् । क्याप्टेनले नागरिक उड्ययनको कार्यालय धनगढीलाई जानकारी गराएका थिए ।  कैलाली प्रहरीका अनुसार ओझालाई आजमात्रै पक्राउ गरिएको थियो ।

प्राधिकरणको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको कैलालीका एसपी पदम विष्टले जानकारी दिए । उनका अनुसार जहाजमा चढेका ओझा पहिला एयर होस्टेसको सिटमा गएर बसेका थिए ।

त्यहाँ नबस्न आग्रह गरेपछि आफ्नै सिटमा बसेका ओझाले सँगैको सिटमा रहेका यात्रुको टाउकोतर्फ खुट्टा राखेको र एयर होस्टेसलाई जानकारी गराएपछि उनी अनुरोधका लागि आउँदा खुट्टाले अल्झाएर लडाउने प्रयास गरेको विष्टले जानकारी दिए ।विष्टका अनुसार ओझाले काठमाडौंबाट चढ्नासाथ अभद्र व्यवहार गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>