Samriddhipost
२०८१ असोज १२ गते शनिबार
दार्चुला
२०८१ साउन १६ गते बुधबार

अध्यक्षकाे समन्यमा मार्मा पहिराेकाे अनुगमन प्रदेश र संघ सरकारले राहत, क्षतिपुर्ति र पुनस्थापना गर्नुपर्ने ।
अनुगमन गर्दै माननिय बडू, पालिका अध्यक्ष धामी सहितका प्रतिनिधि

दार्चुला जिल्लाकाे मार्मा गाउँपालीकामा यसै बर्ष बाढि पहिराेले ब्यापक धन जनकाे क्षति गरेकाे छ । मार्मा गाउपालिका विभिन्न वडामा यस्ताे क्षति भएकाे हाे । 
बर्षात सुरु भएयता मार्मा गाउँपालिकामा बाटाे हिडिरहेका २ जना एकै परिवारका मानिसकाे मृत्यु भएकाे थियाे भने पछिल्लाे पटक वडा ४ र ५ मा आएकाे पहिराेले २८ घर, थुप्रै खेतियाेग्य जग्गा नासिएकाे छ । यस्मा वडा ४ का मर्मति फ्रबगड बस्तिका २२ र वडा ५ गन्याड बस्तिका ६ घर रहेका छन । याे बाहेक तपाेवन मुरै निम्ठा सडककाे ठाउँ ठाउँमा पहिराे आई क्षतिग्रस्त भएकाे छ ।


पालिका अध्यक्ष जमन सिह धामिका अनुसार पालिका तहबाट समाधान गर्न नसकिने बाढि पहिराे भएका कारण प्रदेश र संघ सरकारलाई गुहार गरेकाे र यसै क्रममा प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडू समेतलाई समन्वय गरि संघ सरकार बाट राहत, क्षतिपुर्ति र पुनस्थापना गरिदिन पालिका तर्फबाट कुरा राखेकाे बताएका छन ।


 पुर्व मन्त्री  एवम् निर्वाचित प्रतिनिधि सदस्य दिलेन्द्र प्रशाद बडु, जिल्ला समन्वय प्रमुख, मार्मा गाउँपलिका अध्यक्ष जमन सिह धामी, उपाध्यक्ष, अध्यक्ष र पुर्वाधार बिकास कार्यालयका इन्जिनियर,लगायत विभिन्न कार्यालयका प्राबिधिक सहितको टोलीद्वार अनुगमन गरिएको छ ।

माननीय बडूलाई निवेदन दिदै स्थानिय


सावन १ गते मार्माका स्थानिय ईन्द्र सिह बिष्ट, नर बहादुर बिष्ट, राजेन्द्र सिह बिष्ट र कृष्ण सिह महताले माननीय बडूलाई काठमाडौमा भेटेर राहत, क्षतिपूर्ति र पुनस्थापनाका लागि पहल  गरिदिन निवेदन दिएका थिए । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>