Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ साउन १७ गते बिहिबार

भिमदत्तनगरमा भिमदत्त पन्तकाे शाहादत र हाम्राे कर्तब्य बिषयक अन्तरक्रिया गरियाे ।

किसान नेता तथा सहिद भीमदत्त पन्तको ७१ औँ स्मृति दिवसको अवसरमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति कञ्चनपुरको आयोजनामा शहिद भीमदत्त पन्तको सहादत र हाम्रो कर्तव्य विषयक विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। माओवादी केन्द्रले शहिद किसान नेता पन्तको जीवन गाथाबाट पार्टीलाई क्रान्तिको बाटोमा अघि बढ्न प्रेरणा मिल्ने भएकाले कार्यक्रमको आयोजना गरेको हो।नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक खेमराज पाण्डेको अध्यक्षतामा भएको विचार गोष्ठी कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेल प्रमुख अतिथि रहनुभएको थियो। 

बिहीबार महेन्द्रनगरमा भएको विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्व शिक्षामन्त्री समेत रहनुभएका पोखरेलले तत्कालीन अवस्थामा किसान नेता भीमदत्त पन्तले समाज परिवर्तनका लागि गरेको योगदानको प्रशंसा गर्नुभयो । कार्यक्रममा उपस्थित कम्युनिस्ट नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले पन्तको ७१ औ स्मृति दिवसमा उहाँले गरेका समाज रूपान्तरण र विकासको मार्ग सबै कम्युनिष्टहरूले अपनाउनुपर्ने बताउनुभयो। "कि त जोत हलो कि त छोड थलो, होइन भने अब छैन भलो" जस्ता क्रान्तिकारी सहित नेता पन्तका भनाइहरूले तत्कालीन समाज रूपान्तरणमा उहाँले गरेको अतुलनीय योगदान आज पनि हाम्रा लागि उत्तिकै महत्वपूर्ण भएको नेता पोखरेलले बताउनुभयो ।नेता पन्तको जीवन गाथा सुनाउँदै प्रमुख अतिथि पोखरेलले आजका सबै क्रान्तिकारी कम्युनिस्ट शक्तिहरूले उहाँ जस्ता महान व्यक्तित्वहरूको जीवनबाट प्रेरणा लिँदै कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनु आवश्यक रहेको बताउनुभयो। भीमदत्त पन्त नेपालका एक सशक्त तत्कालीन राजनीतिकर्मी तथा एक परिवर्तनका संवाहकका रूपमा परिचित व्यक्तित्व हुन् । पन्तको जन्म डडेलधुरा जिल्लाको घटा ल कारिगाउँमा हालको अमरगढी नगरपालिका १ मा विक्रम सम्वत १९८३ साल मङ्सिर १० गते भएको हो। उनले जम्मा २७ वर्षको उमेरमा पटकपटकको जेल जीवनसँगै समाज परिवर्तनका लागि पश्चिम नेपालमा सशक्त क्रान्ति गरेको पाइन्छ ।

बिहीबार भएको विचार गोष्ठी कार्यक्रममा सहित नेता पन्तको शोध, खोज र अनुसन्धानमा काम गरिरहेका कल्याण ओझालाई दोसल्लासहित सम्मान गरेको छ। नेकपा माओवादी केन्द्रले नेता पन्तको बारेमा आम जन समुदाय सम्म उनले गरेका कामहरूलाई उजागर गरेको र नेता पन्तका बारेमा सोध खोज गरेको भन्दै कल्याण ओझालाई सम्मान गरेको बताएको छ। आजै कार्यक्रममा भीमदत्त प्रतिष्ठानका अध्यक्ष तथा भीमदत्त पन्त परिवारका सदस्य (भतिजो)लोकराज पन्त लाई पनि सम्मान गरिएको छ।पन्तका विषयमा खोज र विभिन्न पुस्तकहरू लेखिरहेका ओझाले 'नेपाली, डोटेली र हिन्दीका साथै संस्कृत भाषामा पनि दखल भएका र जुनसुकै विषयमा पनि तर्कसंगत कुराकानी गर्न सक्ने क्रान्तिकारी नेता पन्त हरेक गाउँ बस्तीमा गएर सुदूरपश्चिमको लोकप्रिय देउडा भाकामा क्रान्तिकारी गीतहरु मार्फत जनतालाई गोलबद्ध गरी तत्कालीन समाजका शासकहरूका विरुद्ध आफ्नो आवाज बुलन्द गर्ने गरेको' बताउनुभयो ।विचार गोष्ठी कार्यक्रममा बोल्दै प्राध्यापक डाक्टर मुकुन्द वल्लव कलौनीले तत्कालीन भारतीय र नेपाली शासकहरूबाट मारिएका पन्तले आफ्नो जीवनको छोटो समयमा निकै ठूलो क्रान्ति समाज रूपान्तरणका लागि गरेको चर्चा गर्नुभयो। कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा प्रदेश सभा सदस्य खगराज भट्ट, केन्द्रीय सदस्य देवीलाल चौधरी र लोकेन्द्र लम्साल, सामाजिक विकास मन्त्री ओम विक्रम भाँट, मन्त्री लक्ष्मी बिक, सुदूरपश्चिम पार्टी सचिव जनकबहादुर बुढा लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
विचार गोष्ठी कार्यक्रममा नेकपा समाजवादी पार्टीका केन्द्रीय सदस्य लालबहादुर खड्काले किसान नेता तथा शहिद भीमदत्त पन्त ले यस क्षेत्रमा गरेको कामलाई प्रेरणाका रूपमा लिई हामी सबै कम्युनिष्ट पार्टीले एक ठाउँमा रहेर समाज परिवर्तनका लागि उहाँले देखाएको बाटोमा लाग्नुपर्ने बताउनुभयो ।६० वर्षअघि क्रान्तिकारी नेता पन्तले सुदूरपश्चिमका हालका कैलाली कञ्चनपुर डडेलधुरा लगायतका जिल्लाका सँगै नेपाली शासक र भारतीय शासकहरुलाई समेत चुनौती दिने गरी गरिब र निमुखा जनताहरूका पक्षमा आवाज उठाएबापत कलिलो उमेरमै उनको गोलिहानी हत्या गरिएको थियो ‌। स्थानीय भाषामा "बम्बई जाने रेलगाडीमा दिल्लीको माल आयो गरिबका दिन आया ठालुको काल आयो ।" भन्ने उनको चर्चित गीत अझै पनि बुढापाखाहरुले सम्झिरहेका हुन्छन् । तत्कालीन अवस्थामै पन्तले शिक्षाको क्षेत्रमा सबै क्षेत्रलाई समान अवसर दिनुपर्नेमा जोड दिँदै आएका थिए। कार्यक्रममा सहभागी अतिथिहरूले आजै महेन्द्रनगरस्थित पन्तको शालिकमा फुलमाला सहित माल्यार्पण समेत गरेका छन्। पन्तको ७१औ स्मृति दिवसका अवसरमा महाकाली अञ्चल अस्पतालमा रहेका बिरामीहरूलाई फलफुल वितरण गरिएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>