Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ साउन १८ गते शुक्रबार

दोधारा चाँदनी  को नरभक्षी बाघले उखुवारिको पाडो खायो, बिहानै देखि खोजी कार्य सुरु

कञ्चनपुर –कञ्चनपुरमा महिला माथि आक्रमण गर्ने बाघ बिहीबार नियन्त्रण लिन नसकेपछि शुक्रवार पुनः खोजी कार्य सुरु गरिएको छ । बिहीबार रात परेकाले खोजी गर्न समस्या आएपछि शुक्रवार बिहानै देखि खोजी कार्य सुरु गरिएको हो ।
बिहीबार बिहान १० दोधारा चाँदनी नगरपालिका –२ मा बाघको आक्रमणमा परी सोही ठाउँकी २३ वर्षीय हिरा शाहको मृत्यु भएको थियो । धान खेतमा काम गरिरहेकी उनको शव नजिकैको उखुबारीमा फेला परेको थियो ।
बुधवार साँझ देखि सो ठाउँमा देखिरहेको नरभक्षी बाघ नियन्त्रणमा आउन सकिएको छैन। महिलाको शव फेला परेपछि बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक डार्ट टोली र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको ४ हात्ती सहितको टोलीले खोजी सुरु गरेको थियो।
बर्दियाको प्राविधिक टोलीले बिहीबार साँझ ४ बजेपछि खोजी कार्य सुरु गरिएको थियो । ३ घण्टा लगातार प्राविधिक टोलीले खोजो गर्दा बाघ नियन्त्रणमा आएन । नियन्त्रणमा नआएपछि रात परेकाले खोजी कार्य रोकिएको थियो । रात भरी उक्त क्षेत्रमा निकुञ्ज टोली सहित सुरक्षाकर्मीहरूले रात भरी पहरा दिएका थिए ।
महिला माथि आक्रमण गर्ने उक्त बाघलाई सोही ठाउँबाट अन्त जान नदिन सो ठाउको उखुबारीमा पाडो राखेका थिए । पाडो पनि हिजो राती बाघले मारेको स्थानीयले बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>