Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ साउन १८ गते शुक्रबार

काग्रेस बैतडी-काठमाडौं सम्पर्क मन्चमा नयाँ नेतृत्व, यस्ताे छ समिति

गाेबिन्द जाेशी-

नेपाली कांग्रेस बैतडी–काठमाडौं सम्पर्क समितिको नयाँ नेतृत्व चयन भएको छ। नेपाली कांग्रेस बैतडी–काठमाडौं सम्पर्क समितिको सम्पन्न बन्दसत्रको भेलाले दिवाकर बोहोराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

सम्पर्क समितिको उपाध्यक्षमा नगेन्द्र भट्ट र ई. महादेव साउद चयन भएका छन्। त्यसैगरी सचिवमा महेश बहादुर बोहोरा र दिनेश प्रसाद भट्ट, सहसचिवमा हेमन्त नेगी, सहसचिवमा हरिकृष्ण जोशी र कोषाध्यक्षमा धनबहादुर बोहोरा चयन भए।

सदस्यहरुमा अमृत केसी, हेमराज जोशी, सरस्वती कार्की, मनोज चन्द, मोहनसिंह धामी, यज्ञराज अवस्थी, यज्ञराज पाण्डे र सरस्वती कुमारी धामी चयन भएका छन्।

बैतडीबाट विभिन्न कामको सिलसिलामा काठमाडौंमा बस्ने नेपाली कांग्रेस समर्थकहरुबीच आपसी सम्बन्ध मजबुत बनाउन, आपतविपतमा परेका बेला सहयोग गर्ने र नेपाली कांग्रेसको संगठन बलियो बनाउने उद्देश्यका साथ सम्पर्क समिति गठन गरिएको हो।

१२ वर्षपहिले पहिलो पटक ई.दिनेश भट्टको नेतृत्वमा बैतडी-काठमाडौँ सम्पर्क समिति गठन गरिएको थियो। सम्पर्क समितिको नयाँ कार्यसमितिले विभिन्न सामाजिक र संगठनात्मक क्रियाकलाप अगाडि बढाउने नवनिर्वाचित अध्यक्ष बोहोराले बताए।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>