Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ साउन २० गते आइतबार

नेपाली महिला भलिवलका ३७ बर्ष, भारत पराजित गर्दै लक्ष्यमा पुग्न सफल नेपाली टिम

नेपालले बिक्रम सम्बत २०४४ बाट महिला भलिबल टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको ३७ वर्ष भइसक्यो। 
पहिलाे पटक (२०४४/१९८७) थाइल्यान्डमा भएको मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय प्रतियोगिता सुरुवात गरेको नेपाली महिला भलिबल टोलीले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। 
नेपाली महिला भलिबल टोलीले पहिलो पट सन २०१९ मा अन्तर्राष्ट्रिय उपाधि जितेको थियो। पहिलो उपाधि जित्ने क्रममा नेपालले सेन्ट्रल जोन भलिबल एसोसिएसन (काभा) वुमभ्स च्यालेन्ज कप जितेको थियो। सन् २०२१ मा पनि नेपालले यो प्रतियोगिताको उपाधि रक्षा गर्न सफल भयो। दुवै प्रतियोगितामा दक्षिण एसियाको पावर हाउस भारत भने सहभागी थिएन। भारतले काभाभन्दा माथिल्लो स्तरको प्रतियोगिता खेल्थ्यो।
२०२३ मा भने नेपाल तेस्रो स्थानमै सीमित हुन पुग्यो। किनभने सन् २०२३ मा भारतसहित काजकिस्तान जस्ता बलिया टोली काभामा सहभागी भए।
काभामा प्रतिस्पर्धा गर्नुअघि नेपालले प्रतिस्पर्धा गर्ने ठूलो प्रतियोगिता दक्षिण एसियाली खेलकुद (साग) थियो। सागमा नेपालले सन् १९९९ देखि प्रतिस्पर्धा गर्न थालेको थियो। पहिलो सहभागितामै नेपाली महिला भलिबल टोलीले कास्य जितेको थियो। 
सुरुमा सागमा नेपालका लागि बलिया प्रतिद्वन्द्वी भारत र श्रीलंका थिए। एक दशकमा नेपालले श्रीलंकालाई हराउन थाले पनि भारतलाई पराजित गर्न भने नेपाललाई निकै गाह्रो पर्ने गर्थ्यो। जसका कारण नेपालले सन् २०१० र २०१९ को साग गेम्समा राजतमै चित्त बुझाउन परेको थियो। 
विश्व खेलकुदमा आफ्नो प्रभाव बढाइरहेको भारतको कुनै पनि टोलीलाई पराजित गर्नु नेपालका लागि सहज भने होइन। शनिवार भएकाे खेलमा भारतलाई ३/२ ले पराजित गर्दै नेपाल बिजेता भएकाे हाे ।
कम श्रोत र सुविधाका बावजुत पनि नेपाली खेलाडीले कतिपय खेलमा भने भारतलाई टक्कर दिँदै आएका छन्। पछिल्लो समय महिला भलिबलमा नेपालले भारतलाई टक्कर दिँदै आएको छ। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>