Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ साउन २० गते आइतबार

गैलनदीमा महायज्ञ सुरु सात दिन सम्म चल्ने

बेदकोट नगरपालिका ८ गैलनदीमा ‘विश्व शान्ति अभियानका निम्ति नगर शान्तिका लागि श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान धार्मिक महायज्ञ ०८१’ सुरु भएको छ । बेदकोट नगरपालिका ८ को वडा कार्यालयमा वडाको सहयोगमा धार्मिक समाजिक अगुवाले महायज्ञ लगाएका छन् ।
बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले महायज्ञ उद्घाटन गरे । उनले धार्मिक पर्यटन बृद्धि विकासका लागि महायज्ञ संचालनबाट थप योगदान पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नगर उप प्रमुख तुलसी जोशी लगायतका जनप्रतिनिधि, स्थानीय सहभागी भएका छन् ।
बेदकोट नगरपालिका ८ का वडा अध्यक्ष एबम् महायज्ञ मूल आयोजक समितिका संयोजक महेशदत्त जोशीले सनातन हिन्दु धर्मको सरक्षणका निमित्त धार्मिक पर्यटन बृद्धि विकास र समाजिक विकासका लागि महायज्ञ संचालन गर्न लागेको बताए ।
‘हामीले महायज्ञ धार्मिक सहिष्णूता कायम गर्न सबै धर्मको सरक्षण गर्नका लागि वडामै महायज्ञ संचालन गर्न लागेका छौँ, ‘उनले भने, ‘महायज्ञबाट बेदकोट नगर धार्मिक पर्यटन बृद्धि विकासका लागि महासंज्ञ संचालन गर्न लागेका छौँ ।’
रौटेला, बैजनाथ धार्मिक धाम सहितका थुप्रै धार्मिक पर्यटक क्षेत्र रहेको र महायज्ञ संगै थप धार्मिक पर्यटन बृद्धि विकास हुने अपेक्षा राखे । भक्तिबाट ज्ञान आर्जन गर्न सकिने भएकाले मेयरले जिवनमा भक्तीपनि आवश्यक रहेको औल्याए ।
सात दिनसम्म सञ्चालन हुने महायज्ञमा आचार्य पण्डित हरि प्रशाद भट्ट सहितका आचार्य कथा बाचकहरुले प्रवचन दिइ रहेका छन् ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>