Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ साउन २१ गते सोमबार

दरबन्दी मिलान बिरुद्ध शुक्लफाँटाका विद्यार्थी पुगे नगरपालिकामा आन्दाेलन गर्न

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा शिक्षक दरबन्दी मिलान बिरुद्ध एक सामुदायिक विद्यालयका विद्यार्थीले आन्दोलन गरेका छन । शुक्लाफाँटा नगरपालिका कार्यालय छेउमै रहेको कृष्ण माध्यामिक विद्यालयका विद्यार्थीले शिक्षक दरबन्दी मिलान बिरुद्ध नगरपालिका कार्यालयमा आन्दोलन गरेका हुन । सोमबार कृष्ण माध्यामिक विद्यालयका विद्यार्थीले शिक्षक चाहियो भन्दै पालिका बिरुद्धमा आन्दोलन गरेका छन । चालु शैक्षिक सत्र ०८१ मा शुक्लाफाँटा नगरपालिकाले शिक्षक दरबन्दी मिलानसंगै स्थायी शिक्षकलाई प्रद्यानाध्यापक बनाउने योजना अनुरुप शिक्षकको सरुवा गरेको थियो । शिक्षक सरुवा बिरुद्धमा कृष्ण माध्यामिक विद्यालयले ११ साउन ०८१ मा उच्च अदालत दिपायल महेन्द्रनगरमा रिट दिएको थियो । उक्त रिट निवेदनमा अदालतले निवेदनकर्ताको माग बमोजिम आदेश दिएन । अदालतले शिक्षक सरुवा ऐन अनुसार काम काज गर्नु आदेश दिएको थियो । नगरपालिकाले सरुवा गरेका ९ शिक्षकको समाना तथा विदाई गरेकै दिन कृष्ण माविका विद्यार्थी पालिका बिरुद्ध आन्दोलित भएका थिए । विद्यार्थीहरुले विषयगत शिक्षक खै भन्दै आन्दोलन गरेका थिए । विद्यार्थी पालिका पुगेर बिरोध प्रंर्दशन नाराबाजी गरेका थिए । विद्यार्थीले पुराना शिक्षक चाहियो, नयाँ चाहिदैन भनेर नाराबाजी गर्दै केही समय पालिका आगँनमै पुगेर प्रर्दशन गरेका छन । कृष्ण माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर सिहले आफ्नो विद्यालयबाट ९ स्थायी शिक्षकका सरुवा गरेर विद्यालय धरासायी बनाउने काम गरेको बताए । ‘मेरै विद्यालयबाट ९ स्थायी शिक्षक चलाईदियो, ५ मात्रै स्थायी शिक्षक पठाउने र बाँकी ४ नगर शिक्षक दिने भनेको छ, ‘उनले भने, ‘त्यही भए हाम्रा विद्यार्थी आन्दोलित भएका हुन ।’ अध्यक्ष सिहका अनुसार कृष्ण माविका तत्तकालिन प्रअ एव समाजिक विकायका शिक्षक लक्ष्मी थापा ऐर, मावि विज्ञान विषयका शिक्षक हरिदत्त बाग, मावि गणित विषयका खेमराज अवस्थी, मावि नेपालीका गोबिन्द धानुक र मावि अग्रजीका भारत तिरुवा र निमावि नेपालीका शिक्षक गोबिन्द धानुक, अग्रेजी नैनसिह महर, गणित विज्ञान राजेन्द्र पाण्डेय, समाजिक गंगादत्त जोशी, र नेपालीकी शिक्षिका बासमती रानालाई सरुवा गरेपछि ५ मात्रै नयाँ शिक्षक आउने र ४ नगर शिक्षक भर्नाका लागि आउने भएपछि विद्यार्थीले पढाउने शिक्षक माग अघि सारेर आन्दोलन गरेको बताए । ‘हाम्रो विद्यालयबाट ९जना एकसाथ सरुवा गरिदियो, जसमध्ये ७ जना कक्षा ११ र १२ मा पनि पढाउने, अहिले प्राविमा मात्रै शिक्षक छन, माथि पुरै खाली हुने भयो, ‘उनले भने, ‘नगरपालिकाले एकातिर विद्यालय नमुना बनाउने भनेको थियो, अहिले सबै शिक्षक सरुवा गरेर खाली गरिदियो, अब कसरी विद्यालय चलाउने ।’ पालिकाले शिक्षक दरबन्दी मिलान गरेपछि अधिकाँस शिक्षक, विव्यस रुष्ट भएका छन । नागरिकले सामुदायिक विद्यालयको स्तर बृद्धिका लागि नगरपालिकाले गरेको निर्णय सहि भएको तर, प्रभावकारी कार्यान्वयनमा जोडदिएका छन । शुक्लाफाँटा नगरपालिका शिक्षा शाखा प्रमुख टिकेन्द्र प्रशाद भट्टले नगरका कानुन अनुरुप शिक्षक सरुवा, पदस्थापना गरिएको बताए । उनले शिक्षा ऐन अनुरुप नगरका २८वटै सामुदायिक विद्यालयमा स्थायी शिक्षकलाई प्रअको जिम्मेबारी दिने प्रावधान अनुरुप सबैभन्दा बढि स्थायी शिक्षक रहेको कृष्णबाट शिक्षक सरुवा गरिएको बताए । ‘नगरले कृष्णबाट सरुवा गरिए अनुरुप सबै विषयगत शिक्षक पनि पठाएको छ, ‘उनले भने, ‘त्यसले पठन पाठनमा बाधा उत्पन्न हुँदैन, नगरले गरेको निर्णय अनुरुप शिक्षकको विदाई गर्ने अनि विद्यार्थीलाई आन्दोलन गर्न पालिका पठाउने कुरा पनि सुहाउँछ ।’ नगरपालिकाले पढ्ने अबोध बालकहरुलाई उस्काएर आन्दोलन गराएको दावि गरेकोछ। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>