Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ साउन २२ गते मङ्गलबार

भिमदत्त ११ मा शिशु स्याहार र अन्तेष्टिका लागि वडाले सहयाेग गर्ने, स्थानिय हर्षित

भीमदत्त नगरपालिका नम्बर वडा ११ कार्यालयले वडाबासीलाई शिशु जन्मिए पश्चात नवजात शिशु स्याहर खर्च र वडावासीको मृत्यु भए दाहसंस्कार खर्च दिने भएको 

चालु आर्थिक वर्ष ०८१-०८२ देखि वडा कार्यालयले शिशु स्याहार र दाहसंस्कारका लागि अन्त्येष्टी खर्च दिने निर्णय गरे अनुरूप रकम उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ । भीमदत्त नगरपालिका -११ का वडाध्यक्ष प्रकाश थापाले शिशु स्याहारका लागि शिशु जन्मिने बित्तिकै प्रतिशिशु २ हजार रुपैयाँ र वडावासीको मृत्यु भएका अन्त्येष्टीका लागि ५ हजार रुपैयाँ रकम उपलब्ध गराउने बताए । 

वडाध्यक्ष थापाले वडाका नागरिक विपन्न, गरिब भएकाले शिशु जन्मिए पोषण खानेकुरा नहुँदा कुपोषित हुने र वृद्धि विकासका समस्या हुने भएकाले शिशु जन्मिए पश्चात शिशुको स्याहारका लागि रकम उपलब्ध गराएको र मानिसको मृत्यु भएमा अन्त्येष्टीका लागि दाउरा उपलब्ध नहुँदा दाउरा खरिददेखि आवश्यक काजकिरियाका लागि सक्दो वडाबाट आर्थिक सहयोग गर्न लागेको बताए । ‘वडाको यो निर्णय हामी साउन १ गतेदेखि नै लागु गछौँ, ‘उनले भने, ‘वडामा शिशु जन्मिएर मानिसको मृत्यु भएका प्रकृया अनुरूप कागजात पुर्याएर  सहयोग रकम उपलब्ध गराउँछौँ ।’ युवा वडाध्यक्ष प्रकाश थापाको उक्त योजनासँगै वडाका विपन्न नागरिक हर्षित भएका छन् । मानिसलाई जन्मदेखि मृत्युसम्मका दुखसुखमा साथ दिन लागेको भन्दै हर्षित भएका हुन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>