Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ साउन २२ गते मङ्गलबार

दोधारा चाँदनीका बाढी प्रभावित गर्भवती र सुत्केरीहरुका लागि लत्ताकपडा तथा आवश्यक सामग्री सहयोग

शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीको आयोजना र महिला पुर्नस्थापना केन्द्र (ओरेक) को सहयोगमा दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित गर्भवती तथा सुत्केरीहरुलाई लत्ताकपडा तथा उनिहरुलाई चाहिने आवश्यक सामग्री बितरण गरेको छ् । दोधारा चाँदनीमा केह िदिन अघि  ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बढी प्रभावित बनाएको हो । बाढीको कारण नगर क्षेत्रको १ सय २ घर पुर्णरुपमा क्षती बनाएको थियो । सोही समयमा गर्भवती तथा सुत्केरीहरु बाढीबाट प्रभावित भएको बताउदै शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीको आयोजना र महिला पुर्नस्थापना केन्द्र (ओरेक) को सहयोगमा गर्भवती तथा सुत्केरीहरुलाई लत्ताकपडा तथा उनिहरुलाई चाहिने आवश्यक सामग्री बितरण गरिएको शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा देबी खत्रीले जानकारी दिनुभएको छ् । बाढीले गर्भवती तथा सुत्केरीहरुलाई नराम्रो संग प्रभाव पारेको बताउदै अध्यक्ष नन्दा देबी खत्रीले शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीको आयोजना र महिला पुर्नस्थापना केन्द्र (ओरेक) को सहयोगमा दोधारा चाँदनी नगरपालिका– ३, ८ र १० वडाका गर्भवती तथा सुत्केरीहरुलाई उनिहरुलाई चाहिने आवश्यक सामग्री बितरण गरिएको बताउनुभएको छ् । बाढीबाट प्रभावित गर्भवती तथा सुत्केरीहरुको संस्थाले घर–घरमा पुगेर लत्ताकपडा तथा उनिहरुलाई चाहिने आवश्यक सामग्री बितरण गरिएको शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा देबी खत्रीले बताउनुभएको छ् । नगर क्षेत्रमा रहेको १० जना गर्भवती तथा सुत्केरीहरुलाई लत्ताकपडा तथा उनिहरुलाई चाहिने आवश्यक सामग्री बितरण गरिएको उहाँल् बताउनुभएको छ् । गर्भवती तथा सुत्केरीहरुलाई खानपान, पारिवारिक अवस्थाको बुझ्नुको साथै मनोसामाजिक परामर्श प्रदान समेत गरिएको संस्थाले जनाएको छ् । बाढी आएको बेला गर्भवती तथा सुत्केरीहरु बाढीबाट ज्यान बचाउन भाग्नु परेको अवस्था, खानपान तथा बस्नको समस्या खेप्दै आएको बिषयलाई लिएर आगमी दिनहरुमा पनि संस्थाले सघाउने निर्णय भएको बताईएको छ् । महिला पुर्नस्थापना केन्द्र (ओरेक), स्नेह अभियानका अभियन्ता बिष्णु रेग्मीले स्नेहको ‘तिमी एकलै छैनौ, हामी संग संगै छौ’ अभियान अन्तर्गत गर्भवती तथा सुत्केरीहरुलाई थोरै भएपनि सहयोग गर्ने प्रयास गरिएको बताउनुभएको छ् । बिगत लामो समय देखि महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले महिलाकै क्षेत्रमा काम गर्दै आएको बताउदै स्नेह अभियानका अभियन्ता बिष्णु रेग्मीले कञ्चनपुरको अरु पालिका भन्दा दोधारा चाँदनी नगरपालिका बाढीबाट प्रभावित नगरपालिका भएको हुदा संस्थाले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आगामी दिनहरुमा महिलाको क्षेत्रमा बिभिन्न कार्यक्रम संचालन गर्दै जाने बताउनुभएको छ् । यस अघि शुदुरपश्चिम महिला जागरण उत्थान संस्थाले दोधारा चाँदनी नगरपालिका– ३ बाढीबाट घरवार विहिन भएर जमुना आधारभुत बिद्यालयमा आश्रय लिएर बस्दै आएका मनिषा सुनार बिद्यालयमा सुत्केरी भएपछि उनलाई सुत्केरी सामग्री प्रदान गरेको थियो ।  

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>