Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ साउन २३ गते बुधबार

नेपाली आकाशमा फेरि भयाे दुर्घटना, हेलिकप्टर सवार सबैकाे मृत्यु ।
फाेटाे नेपाल प्रहरी

दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टरमा सवार पाँचैजनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट एक महिला र चार पुरुषको शव निकालिएको प्रहरीले जनाएको छ।
आज बुधबार दिउँसाे १:५४ बजे काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको ९एन–एजेडी कलसाइनकाे हेलिकाेप्टर शिवपुरी गाउँपालिका- ७ सूर्यचौर (सुइरेचाैर)मा दुर्घटनामा परेको हो। हेलिकोप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ सवार थिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान भरेको तीन मिनेटपछि नै हेलिकोप्टर काठमाडौं टावरसँग सम्बन्धविच्छेद भएको थियो। दुर्घटनाको खबर प्राप्त भएपछि प्राधिकरणले उद्धारका लागि प्रभु एयरको ९एन–एएनएल कल साइनको हेलिकोप्टर पठाए पनि एयर डाइनेस्टीकाे हाेलिकाेप्टरमा सवार पाँचैजनाकाे ज्यान गएकाे छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>