Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ साउन २३ गते बुधबार

मेयर लिम्बुले भेटे प्रधानमन्त्री, रेकर्ड ब्रेक बर्षाले गरेकाे क्षतीमा राहत, क्षतिपूर्ति र पुन: निर्माणका लागि बुझाए मागपत्र ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले प्रधानमन्त्री केपी शर्मा ओली संग भेट गरि बाढीले गरेको क्षती र तटबन्ध निमार्णको बारेमा छलफल गर्नुभएको छ् । प्रधानमन्त्री कार्यालयमा पुगेर दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली संग भेट गरेका छन ।

भेटमा कंचनपुर १ का माननीय तारालामा तामाङ, एमाले जिल्ला अध्यक्ष लक्ष्मि बुढा सहित पुगेका मेयरले गत महिना २३ र २४ गते आएकाे रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै दाेधारा चाँदनी नगरपालिका स्थित महाकाली नदी र जगबुडा नदीको बाढीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बढी प्रभावित बनाएको र बाढीको कारण नगर क्षेत्रको १ सय २ घर पुर्णरुपमा क्षतीको बिषयमा प्रधानमन्त्री जानकारी गराएकाे मेयर लिम्बुले बताएका छन । बाढीले दोधारा चाँदनी नगरपालिकामा झोलुङ्गे पुल, सडक, अन्नवालीमा ठुलो क्षती बनाएर नगर क्षेत्रको बिकासमा बाधा बनाएको जानकारी गराउदै महाकाली तटबन्धको उचाई होचो भएको र जगबुडा नदीको कारण उर्वरक खेतीयोग्य जग्गा सहित मानव बस्ती जग्गा कटानी गर्दै गएको हुदा तटबन्ध निमार्ण संगै बाढीले गरेको भौतिक क्षतीको पुनरनिमार्ण र पक्की तटबन्ध निमार्णको लागी बजेटको माँग गरिएको उहाँले बताउनुभएको छ् । बाढीपिडितहरुलाई संघ–संस्थाहरुले राहत दिदै आएको र स्थानिय सरकारले राहत तथा उनिहरुलाई क्षतीपुर्ती दिन सक्ने अवस्था नभएको हुदा राहत र क्षतीपुर्ती समेत माँग गरिएको बताईएको छ् । प्रधानमन्त्री ओलीलाई नगर प्रमुख लिम्बुले केही दिन अघि आएको बाढी, डुबानको तथ्यांक लिखितरुपमा बुझाउनु भएको  छ् । यस्तै बाघको आक्रमणमा मृत्यु भएका हिरा शाहीको बारेमा समेत प्रधानमन्त्रीलाई अवगत गराउनुभएको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>