Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ साउन २३ गते बुधबार

जनताको सुख, दु:खका सारथी बन्दै दोधारा चाँदनीका वडाध्यक्ष भक्त बहादुर

दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष भक्त बहादुर सुनार जनताको सुख, दु:खका सारथी बन्दै आएका छन् । दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले आफुले पाउने सरकारी सेवा सुबिद्याबाट गरिव र विपन्नहरुको पिडामा मलहम लगाउने गर्दै आएका छन् ।
 आफुले पाउदै आएको सरकारी सेवाले गरिब, गुरुवाका समस्यालाई निराकरण गर्न खर्चदै आएका छन् । वडामा मात्रै नभई नगर क्षेत्रमा रहेका असाहय, विपन्न र साधुसन्तलाई सहयोग गरिरहने वडाध्यक्ष सुनार यस अघिको स्थानिय सरकारका सोही वडाका वडाध्यक्ष पदमा बिजय भएका हुन् । उनले ति कार्यकाल वडाध्यक्ष पदमा बिजय भएर जनताको सेवा गर्दै आएका छन् । आज दोधारा चाँदनी नगरपालिका– १ र ८ का बिरामीहरुलाई वडाध्यक्ष भक्त बहादुर सुनारले आर्थिक सहयोग गरेका छन् ।
 उनिहरुको उपचारमा सहयोग होस् भन्ने उद्धेश्यले आफुले ब्यक्तीगत सहयोग गरेको बताएका छन् । दोधारा चाँदनी नगरपालिका– १ का दले सुनारलाई उपचारको लागी रु. ५ हजार र वडा नं. ८ निवासी नर बहादुर बिकलाई रु. ५ हजार नगद सहयोग गरेका हुन् । नर बहादुर भारतको कालापहाडमा ज्याला मजुरी गर्न गएको बेला खाना पाउदा आगोले पुरै शरिर जलेको थियो । अरु शरिर राम्रो भएपनि नर बहादुरको दुबै हात सञ्चो नभएको र दुवै हात काट्नु पर्ने सल्लाह दिएका थिए । आर्थिक अवस्था कमजोर भएको कारण दुवै हातको उपचार गर्न सकस भएको अवस्थामा वडाध्यक्ष भक्त बहादुर सुनार नर बहादुरको घरमै पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् । वडाध्यक्ष सुनारले नर बहादुरको थप सहयोगको लागी सबैलाई अनुरोध समेत गरेका छन् । 
यस्तै दले सुनार बिगत केही वर्ष देखि मानसिक सन्तुलन ठिक नभएको र औषधी गर्न समेत घरपरिवारलाई सकस भएको अवस्थामा सहयोग गरेको वडाध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् । आर्थिक अवस्था दैनिय रहेर असशक्त दर्जनौ बिरामीहरुलाई उपचारमा सघाउदै आएका हुन् । वडाध्यक्ष हुनु अघिनै चुनावी घोषणाका क्रममा गरेका जनता संगको बाँचा पुरा गर्दै आएको वडाध्यक्ष सुनारले बताएका छन् ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>