कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का रत्नलाल सार्की माथि धारिलो हतियार दाउ प्रहार हुँदा उहाँ गम्भीर घाइते हुनु भएको छ । मंगलबार दिउँसो बेलडाँडी गाउँपालिका वडा नम्बर २ का राजन दमाईले सार्की माथि दाउ प्रहार गरेको इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ ।
प्याज बेचेर घर फर्कने क्रममा विना कुनै कारण सिँचाइ नहरको बाटोमा दमाईले आफू माथि दाउ प्रहार गरेको सार्कीको आरोप छ । सोही ठाउँका महिलाहरूले देखेपछि तत्कालै सुरक्षाकर्मीलाई खबर गरेको र दाउ प्रहार गर्ने दमाईलाई लगत्तै पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताउनु भयो ।
घाइते सार्कीको टाउको, अनुहार, हात सहित शरीरका विभिन्न ठाउँमा गहिरो चोट लागेको बताइएको छ । घाइतेलाई घटना स्थलबाट बेलडाँडी प्रहरीले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीमा पुर्याएको थियाे । बेलडाँडीमा उपचार सम्भव नभएपछि घाइते सार्कीलाई थप उपचारका लागि धनगढी स्थित माया मेट्रो अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया