Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ साउन २४ गते बिहिबार

बंगलादेशमा युनस अन्तरिम सरकार प्रमुख बन्ने, आज स्वदेश पुगेर सफथ लिने

बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले आज शपथ ग्रहण गर्दै छन् । उनले आजै सल्लाहरकार परिषद् पनि गठन गर्ने छन् ।
शपथ ग्रहण समारोह राति आठ बजे हुने छ । उनले १५ सदस्यीय सल्लाहकार परिषद गठन गर्ने सम्भावना रहेको मिडिया रिपोर्टहरुमा उल्लेख छ ।
विद्यार्थीहरुले सुरु गरेको आरक्षण विरोधी आन्दोलन थेग्न नसकेपछि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेर भारत गएपछि विद्यार्थीका प्रतिनिधिको सिफारिसमा र सेना समेतको पहलमा युनुस अन्तरिम सरकार प्रमुख बनेका हुन् ।
उपचारको सिलसिलमा फ्रान्सको राजधानी पेरिसबाट दुबई हुँदै आज दिउँसो बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदै छन् । उनले बुधबार एक विज्ञप्ति जारी गर्दै बंगलादेशबासीलाई शान्त रहन र देश बनाउन एकजुट हुन अपिल गरेका छन् । ‘म सबैलाई शान्त रहन अपिल गर्दुछ । कृपया सबै प्रकारका हिंसाबाट टाढै रहनुहोला,’ युनुस सेन्टरबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘सबै विद्यार्थी, सबै राजनीतिक दलका सदस्य र गैरराजनीतिक सबै व्यक्तिलाई शान्त रहन आह्वान गर्दछु । यो हाम्रो सुन्दर देशमा धेरै राम्रा सम्भावनाहरु छन्, हामीले यसको रक्षा गर्नुपर्छ । हाम्रो लागि र हाम्रो नयाँ पिँढीका लागि एक अदभूत देश बनाउनुपर्दछ ।’
८४ वर्षीय युनुस शेख हसिनाका प्रतिद्वन्द्वी हुन् । उनी गरिबहरुको बैंकरका रुपमा चिनिन्छन् ।
गरिबीको रेखामुनि रहेकाहरुलाई ऋणबाट मुक्त गर्ने लक्षसहित उनले ग्रामीण बैंक तथा लघुवित्त स्थापना गरेका थिए । उनी आफ्नो लक्ष्यमा सफल पनि भएका थिए । त्यसैले प्राध्यापक समेत रहेका युनुस र त्यहाँको ग्रामीण बैंकले सन् २००६ को नोबेल शान्ति पुरस्कार पाएको थियो ।
तर, शेख हसिनाले उनलाई गरिबको रगत चुसेको भन्दै आलोचना गर्दथिन् । गएको जनवरीमा बंगलादेशको एउटा अदालतले युनुसलाई देशको श्रम कानुन उल्लंघन गरेको भन्दै जेल सजायसमेत सुनाएको थियो । तर, उनी जेलमा बस्न भने परेन ।
युनुसविरुद्ध अहिले पनि एक सय बढी आरोपहरु दर्ज भएका छन् । यद्यपि उनले आफूमाथि लागेका आरोप राजनीति प्रेरित भएको भन्दै खण्डन गर्दै आएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>