Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ साउन २४ गते बिहिबार

सुदुरपश्चीम विश्वविद्यालयले किन लुकायो सुचना ? सुचना लुकाउने बाध्यता के छ ?

सुदुरपश्चिम विश्वविद्यालय संग सुचनाको हक प्रयोग गरि मागिएको एक सुचना विश्वविद्यालयले लुकाएर सुचना बाट बन्चित गरेको छ । विश्वविद्यालयको केन्द्रिय कार्यालय संग माग गरिएको सुचना विश्वविद्यालयले नियम अनुसार नदिई सुचना अपुर्ण गरि सुचना लुकाई सुचना बाट बन्चित गरेको हो । सुचनाको हक अन्तर्गत सार्वजनिक निकायका सुचना विधि पु¥याई माग गरेमा दिन मिल्ने ब्यावस्था गरेको छ । जस्मा सुचनाको अवस्था हेरि अधिकतम १५ दिन भित्र दिनुपर्ने र सक्दो माग गरिएको ढाँचा नबिग्रिने गरि दिनुपर्ने उललेख गरेको छ । तर विश्वविद्यालयका कुन पदाधिकारीले के सुबिधा प्रयोग गरेको छ वा  सुबिधा नै प्रयोग गरेको छैन केहि खुलाएन ।सुचनाको हक अन्तर्गत रहि विश्वविद्यालयका पदाधिकारिले पाउने सुबिधा के के छन ? सबै पदाधिकारि अनुसारको छुट्टा छुट्टौ विवरण, पदाधिकारिले सुबिधा प्रयोग गरेको नगरेको विवरण र प्रयोग गरेको भए के के प्रयोग गरेका छन र कहाँ प्रयोग हुदैछन भन्ने सुचनाको निवेदन २०८१ अषाढ २१ गते माग गरिएकामा १५ दिन भित्र सुचना दिनुपर्ने कानुनि ब्यावस्था लत्याउदै सुचना लुकाईएको हो । नियमितको फलोअप पछि २१ दिन अर्थात २०८१ सावन १० गते मात्र सुचना लुकाउदै पदाधिकारिका सेवाहरु उल्लेख भएको पत्र पठाएको छ । उक्त पत्रले निवेदनमा माग गरेको सुचना आएको छैन । यस्तो छ विश्वविद्यालयले दिएको सुचनाको पत्र ।

शिक्षाको उपल्लो तह मानिने विश्वविद्यालय तहको शिक्षा दिने यो निकायले नै यसरि सरकारका ऐन नियम लत्याउदै काम कार्वाहि बढाउदै लगेको अवस्थामा विश्वविद्यालयलाई नेतृत्व गर्ने प्राज्ञको प्रशासन र शिक्षण बाट कस्तो शिक्षा प्रदान होला भन्ने अनुमान गर्न सकिन्छ ।सुचनाको हक अन्तर्गत सुचना अधिकारी बाट सुचना ठिक ढंगले नआएमा गुनासो सुन्ने अधिकारी वा उक्त कार्यालयका प्रमुख कहा गुनासो राख्ने ब्यावस्था अन्तर्गत उपकुलपित प्रा. डा. हेम राज पन्त लाई भेटेर मौखिक रुपमा गुनासो राख्दा रजिष्टार सर बाहिर रहेका र आउदा यस बिषयको सुचना उपलब्ध गराउने कुरा भएको र उपकुलपतिले चलाउने मोवाईलमा यसयमयस समेत गरि बिषय बस्तु बारे स्मरण गराउदा समेत समाचार तयार पार्दा सम्म  कुनै जवाफ आएको छैन ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>