Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ साउन २५ गते शुक्रबार

सियफसिसि कंचनपुरकाे २० औ साधारण सभा उद्घाटन सत्र कृष्णपुरमा सम्पन्न, यस्ताे बार्षिक गतिबिधि

सामुदायिक वन समन्वय समिति कञ्चनपुरको २० औं वार्षिक साधारणसभा उद्घाटन समाराेह सम्पन्न भएको छ। शुक्रबार सामुदायिक समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीको अध्यक्षता सुदूरपश्चिम सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापा, विशिष्ट अथिति कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमराज कंडेलल बिभिन्न सामुदायिक वन कर्मि लगायतको सहभागितामा वार्षिक साधारणसभा मनाइएको हो। बन्द सत्र भाेली शनिवार सम्पन्न हुनेछ ।
 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले वनलाई असर नपर्ने गरि विकास निर्माण गर्नुपर्ने बताए। ‘ऐन, नियम र कानूनमा रहेर विकास निर्माण गर्नुपर्छ,’ उनले भने, ‘वन संरक्षणसँगै आयआर्जनका कार्यक्रम सञ्चालन गर्नुपर्छ।’ समय अनुसार नीति तथा कानून परिवर्तन गर्नुपर्ने उनको भनाई छ। उनले उत्पादनमा आधारित रहेर कृषि अनुदान दिइने बताए। ‘कृषि अनुदान सम्बन्धित व्याक्तिसम्म पुगेको देखिदैन्, नाम मात्रैको अनुदानलाई हटाएर उत्पादन गर्नेलाई मात्रै अनुदान दिने व्यवस्था गरिरहेका छौं,’ उनले भने। कृष्णपुर नगरपालिकामा कोल्डस्टोर निर्माणका लागि बजेटको व्यवस्था गरिने उनले बताए।
 
‘सबै नागरिकले उपभोग गर्न पाउने खालका कार्यक्रमहरु बनाउँछौं,’ उनले भने, ‘सुदूरपश्चिमका सबै जिल्लामा सबै नागरिकले सेवा पाउने खालका योजना सञ्चालन गरिनेछ, कृषि उत्पादनलाई बजारीकरणमा गर्ने व्यवस्था समेत मिलाउँछौं।’ कृष्णपुर नगरपालिकाले जैविक विविधता संरक्षणका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको नगर प्रमुख हेमराज ओझाले बताए।
 
‘जैविक विविद्यता संरक्षणका लागि वृक्षारोपणलगायतका कार्यक्रम गर्दै आएका छौं,’ उनले भने, ‘पछिल्लो समय मानव–वन्यजन्तुबीच द्धन्द्ध देखिन्छ, यसका लागि पनि वन संरक्षण आवश्यक छ।’ सिस्नेसिमसारको गुरुयोजना बनाएर गिद्ध संरक्षणलगायतका गतिविधि सञ्चालन गरिने उनले बताए। ‘त्यसमा सामुदायिक वनहरुको सहकार्यमा कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने ।
 
सामुदायिक वन समन्वय समितिले वन तथा वातावरण संरक्षणका लागि विभिन्न कार्यक्रम गरिने अध्यक्ष महेशदत्त जोशीले बताए। उनका अनुसार सामुदायिक वन संरक्षणका लागि घाँसे मैदान व्यवस्थापन, चरिचरन व्यवस्थापन, वन हेरालु परिचालन, आगलागी नियन्त्रण सम्बन्धि तालिम, तारबार निर्माण, वृक्षारोपण, घोलमुहान निर्माण, मेसवार जडान गरिएको छ ।
 
यसैगरी, तराई भुपरिधी कार्यक्रमसँगको सहकार्यमा वन उपभोक्ताहरुको आयआर्जनमा सहयोग पुगाउन दुनाटपरी उद्यम सहयोग, अवलोकन भ्रमण, होजियारी उद्यम सहयोग, मसला उद्यम सहयोग, विजयसालका भाडा बनाउने तालिम, अटोरिक्सा तालिम, अमरेसो झाडु उद्यम सहयोग, अपांगहरुलाई आयआर्जन उद्यम सहयोग गरिएको थियो। त्यस्तै, जलजंगल परियोजनाको सहयोगमा ३० स्थानमा ७ सय ५० जनालाई वन डढेलो नियन्त्रण तालिम र ६० सामुदायिक वनमा १ सय २० किलोमिटर अग्नीरेखा निर्माण तथा मर्मत गरिएको छ। यसैगरी सामुदायिन वन समन्वय समितिले सिस्ने क्षेत्रमा ५० हेक्टर घाँसे मैदान व्यवस्थापन, चेतनामुलक बोर्ड जडान र ८ वटा सामुदायिक वनमा विभिन्न प्रजातीका २५ हजार बिरुवा रोपेको छ।
कार्यक्रममा सियफसिसि उपाध्यक्ष नरेशराज भट्ट, कृष्णपुर ४ का वडा अध्यक्ष धर्म बहादुर सिंह, ५ का अध्यक्ष टेक पाण्डेय, शुक्लफाँटा ८ का अध्यक्ष महरा लगायतले स्वात मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>