Samriddhipost
२०८१ असोज १२ गते शनिबार
दाेधारा चादनी
२०८१ साउन २६ गते शनिबार

सीमामा बग्दै नेपाली भूमि, बस्ती जोगाउन मेयर लिम्बु संघिय सरकारको बिभिन्न मन्त्रालय धाउदै

जगबुडा नदीको जग्गा कटान प्रभावितहरुले बस्ती जोगाइदिन सरकार संग माँग गरेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० अठार नम्वर पिल्लर बस्ती जगबुडा नदीको कटानीको कारण उच्च जोखिममा छ् । हाल स्थानिय सरकार र गैरसरकारी संस्थाहरुले उक्त बस्ती जोगाउन अस्थायी तटबन्ध निमार्ण कार्य सुरु गरेको छ् । उक्त स्थानमा पक्की तटबन्ध निर्माण गरी सो क्षेत्रको उर्वरक भुमीको साथै बस्ती जोगाईदिन हुन अठार नम्वर पिल्लर बस्तीका स्थानियहरुले नेपाल सरकार संग माँग राखेका छन् । भारतको अधिनमा रहेको जगबुडा नदीले हिउद र वर्षा दुबै समयमा नदीले कटान तीव्र पार्दै आएको हुदा बस्ती अतिनै जोखिममा परेको स्थानियबासी सन्त बहादुर सुनारले बताउनुभएको छ् । भारत संग जोडिएको अठार नम्वर पिल्लर बस्ती बिस्तापित भए भारतियहरुले जग्गा अतिक्रमण गर्ने उहाँले बताउनुभएको छ् । स्थानिय सरकार र गैरसरकारी संस्थाहरुले बस्ती जोगाउन निकै प्रयत्न गर्दै आएपनि प्रदेश सरकार र संघिय सरकारले अठार नम्वर पिल्लर बस्ती जोगाउन बजेट बिनियोजन गर्नु पर्ने स्थानियबासी सन्त बहादुर सुनारको भनाई रहेको छ् । केही दिन अघि नगरपालिका क्षेत्रमा रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बढी प्रभावित बनाएको र बाढीको कारण नगर क्षेत्रको १ सय २ घर पुर्णरुपमा क्षती बनाएको हो । बाढीको कारण बस्ती बिस्तापित भए, भारतले अठार नम्वर पिल्लर बस्तीको जग्गा अतिक्रमण गर्ने पक्का भएको स्थानियबासी गणेश सुनारको दावी छ् । सिमा क्षेत्रमा रहेको भुमी अठार नम्वर पिल्लर बस्तीका ८ घरधुरीले बचाउदै आएको बताउनु हुदै स्थानियबासी गणेश सुनारले तत्काल भारतिय अतिक्रमणबाट नेपाली भुमी बचाउन अठार नम्वर पिल्लर बस्तीमा पक्की तटबन्ध निमार्ण गर्नु अपरिहार्य भएको बताउनुभएको छ् । जगबुडा नदीले कटानी गर्दै नदी घर आंगनमा पुग्न थालेको बारेमा जनप्रतिनिधीहरुलाई ध्यानाकर्षण गराउदा पनि सुनुवाई नभएको उहाँको गुनासो छ् । बस्तीलाई नदी कटानीबाट जोगाउन पक्की तटबन्ध नभएकै कारण नदीले जग्गा कटानी गरि बस्ती नजिक नदी पुगेको गणेश सुनारले बताउनुभयो । जगबुडा नदीले तीव्र रुपमा कटान गरिरहेकाले कुनै पनि बेला ठुलो विपत्ती निम्त्याउन सक्ने अवस्थालाई दृष्टिगत गरी तत्काल राज्यका निकायहरुको गम्भिर ध्यानाकर्षण हुनुपर्ने बस्तीका अर्का स्थानिय सरस्वती भाट बताउनुहुन्छ् । जगबुडा नदी संगै बस्ती नजिक बग्ने नालाले समेत जग्गा कटानी गरेको उहाँले बताउनुभएको छ् । स्थानिय सरकारले बस्तीको पिडामा सघाउदै आएपनि प्रदेश सरकार र संघिय सरकारले बस्ती बचाउन खासै चाँसो नदेखाएको सरस्वती भाटको भनाई रहेको छ् । स्थानिय सरकारले पक्की तटबन्ध निमार्ण गर्न नसक्ने भएपछि झण्डै एक साता देखि दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु संघिय सरकारका मन्त्रालयमा नदी कटानको समस्या लिएर बिभिन्न मन्त्रालयहरु धाउदै आउनुभएको छ् । आठ घरधुरी बसोवास गर्ने अठार नम्वर पिल्लर बस्तीका स्थानियहरुको सबै थोकमा भारतीय बजार संग सम्बन्ध छ् । नानीहरुको पठन पाठन देखि लिएर गाँउ, बस्तीमा हुदै आएको कलह भएपछि भारतीय ग्राम पञ्चायतमा उनीहरु धाउने गर्दछन् ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>