Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ साउन २६ गते शनिबार

प्रदेश सभा सदस्यको जम्बो टोली दोधारा चाँदनीको बाढीग्रस्त क्षेत्रमा, क्षतीपुर्ती र तटबन्ध निमार्णको पहल गर्ने

शुदुरपश्चिम प्रदेश सभा सदस्यको जम्बो टोली दोधारा चाँदनी नगरपालिकाको बाढी ग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेको छ् । शनिवार दोधारा चाँदनी नगरपालिका–३ पटराखल्ला, वडा नं. ७ कञ्चनभोज, जर्का टोल, वडा नम्बर ८ सुन्दरनगर र वडा नम्बर १० कुतियाकवर, अठार नम्वर पिल्लर बस्तीको स्थलगत निरीक्षण गरेको हो । टोलीमा शुदुरपश्चिम प्रदेश सभा सदस्य सदस्य दिवान सिंह बिष्ट, प्रकाश रावल, ईन्द्रा गिरी, रामेश्वर चौधरी, जुना डांगी र नेपाली काग्रेंसका नेता तथा दोधारा चाँदनी नगरपालिकाका पुर्व मेयर बिर बहादुर सुनार, नेपाली काग्रेंसका नेता गोपाल दत्त भट्ट, पुष्कर दत्त जोशी, राजेन्द्र मल्ल लगाएत रहेका थिए । जोगबुडा नदी र महाकाली नदीले कटानको दीर्घकालीन समाधानका सम्भावना पहिल्याउन जनप्रतिनिधी टोली स्थलगत निरिक्षण गरेको हो । टोलीलाई बाढी ग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेर समस्या समाधानका लागि पहल अघि बढाउने उनिहरुले बताएका छन् । केही दिन अघि नगरपालिका क्षेत्रमा रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बढी प्रभावित बनाएको र बाढीको कारण नगर क्षेत्रको १ सय २ घर पुर्णरुपमा क्षती बनाएको हो । महाकाली नदीमा रहेको पक्की तटबन्ध होचो हुदै आएको र जोगबूडा नदीमा पक्की तटबन्ध निर्माण नहुदा वर्षेनी कटान र डुबानको समस्या स्थानियहरुले झेल्दै आएका छन् । कञ्चनपुर क्षेत्र नं ३ (ख) का प्रदेश सभा सदस्य बेलबहादुर राना मगरले बाढी र कटानको मुद्दा उठान गरेर प्रदेश सभा सरकारको ध्यानाकर्षण गराउदै आएका छन् । टोलीले केही दिन बाघको आक्रमणमा परि मृत्यु भएको हिरा शाहीको घरपरिवारलाई समेत भेट गरेका छन् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>