Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ साउन २७ गते आइतबार

कंचनपुरमा बाख्रा खाेरमा पुगेकाे नयाँ किसिमकाे अजिङ्गर फेला,
फायल तस्बिर

शुक्लाफाँटा नगरपालिका २ लक्ष्मीपुरमा शनिबार दुर्लभ प्रजातिको अजिंगर फेला परेको छ । स्थानीय सुनील डगौराको बाख्राको खोरभित्र अजिंगर फेला परेको हो ।
आठ किलो तौल भएको अजिंगरको लम्बाइ तीन मिटर बढी रहेको वडा सदस्य डबलबहादुर ऐरले बताए । ''अजिंगर बाख्राको खोरभित्र रहेको जानकारी प्राप्त हुनासाथ सुरक्षित साथ समातेर बोरामा राख्यौँ,'' उनले भने, ''शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा अजिंगर फेला परेको जानकारी दियौँ, त्यसपछि आइपुगेको निकुन्जको टोलीलाई समातेको अजिङ्गर सहितको बोरा दियौँ ।'' निकुन्जका कर्मचारीले उद्धार गरिएको अजिंगरलाई निकुन्जको सुरक्षित क्षेत्रमा लगेर छाडेका छन् ।
अजिंगर सनवोरा नदी हुँदै चितौरा नाला भएर डगौराको बाख्राको खोरमा आहाराको खोजीमा आइपुगेको हुनसक्ने स्थानीय बासिन्दा हरिदत्त भट्टले बताए । उनका अनुसार गत वर्ष पनि सोही क्षेत्र नजिकबाट अजिङ्गरको उद्धार गरी निकुन्जका कर्मचारीलाई बुझाइएकाे छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>