Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ साउन २७ गते आइतबार

वातावरण स्वच्छता साथै जिविकोपार्जनको लागी ५५ थान साईकल वितरण

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले कार्बन उत्सर्जन कम गरि स्वच्छ वातावरण निर्माण लगाएत बहु–प्रयोजनका लागि साईकल वितरण गरेको छ् । एनएनएसडब्ल्यूए र डीसीए नेपालको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाले ‘गिफ्ट प्रोजेक्ट–२०२४’ अन्तर्गत कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा २५ थान र भीमदत्त नगरपालिकामा २५ थान गरि ५० थान साईकल वितरण गरेको हो ।
 एनएनएसडब्ल्यूएद्वारा सञ्चालित सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले परियोजनाले काम गरिरहेको पालिकामा रहेका विपद् व्यवस्थापन समिति, कृषक समूहहरु, सहकारी सदस्यहरु र युवाहरुलाई साईकल वितरण गरिएको बताउनुभयो । उहाँले तरकारी खेतीमा आवद्ध कृषकहरुले टोकरीमा तरकारी बेच्न जानु पर्ने बाध्यताको अन्त्य गर्न, कार्बन उत्सर्जन गर्ने मोटरसाईकलको प्रयोग कम गर्न, खर्च न्यूनिकरण गर्न, कार्यबोझ कम गर्न, समयको बचत गर्न र स्थानियपालिका तथा वडा कार्यालहरुमा पहुँच वृद्धि गर्ने उद्देश्यका साथ साईकल वितरण गरिएको बताउनुभयो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले संस्थाले वायु प्रदुषणलाई रोक्ने उद्देश्यका साथ कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । सोही उद्देश्य अन्तर्गत आज साईकल वितरण गरिएको उहाँले बताउनुभयो । यसले एकातिर विपद् व्यवस्थापन समिति, कृषक समूहहरु, सहकारी सदस्यहरु र युवाहरुलाई आर्थिक तथा समयको बचत गर्न टेवा पुर्‍याउने छ भने, अर्को तिर वातावरण अनुकूलनमा पनि हदै सम्म मद्दत गर्ने उहाँको भनाई छ् । साईकल प्राप्त गरेपछि कृषकहरुले आफुले उत्पादन गरेका तरकारीहरुको बजारिकरणमा सहजता हुने बताएका छन् । 
उनिहरुले कृषक समूह तथा सहकारीको बैठकमा जान समेत समयको बचत हुने साथै यसबाट वातावरण पनि स्वच्छता हुने उनिहरुको भनाई रहेको छ् । सुदृढ परियोजनाले कार्बन उत्सर्जन कम गर्दै जलवायु अनुकुलनका क्रियाकलापहरु गर्दै आएको छ् । परियोजनाले प्रत्येक वर्ष गिफ्ट प्रोजेक्ट अन्तर्गत साइकल वितरण, माछाका भुरा वितरण साथै वृक्षारोपण जस्ता क्रियाकलापहरु गर्दै आएको छ् । साथै परशुराम नगरपालिकामा ५ जनालाई साईकल वितरण गर्ने तयारी गरिएको संस्थाले जनाएको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>