Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ साउन २८ गते सोमबार

बडुवाल टोलमा फेरि हात्ती पस्यो, जंगली हात्तीको त्रासले रातभरी जाग्रम

भारतिय जंगलबाट आएको हात्तीले नेपाली बस्तीका किसानहरुले लगाएको खेतीवाली नष्ट गर्न थालेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ बडुवाल टोल संग जोडिएको भारतिय जंगलबाट भित्रिएको हात्तीको बथानले किसानहरुको यस वर्ष फेरि धान तथा मकैवाली नष्ट गर्न थालेको छ् । बिगतका दिनहरुमा अन्नवाली नष्ट गर्नुको साथै घर भत्काउदै आएको हात्तीको बथान फेरि बडुवाल टोल बस्तीमा पसेर स्थानियबासीहरुको धान तथा मकैवाली नष्ट गर्न थालेको स्थानियबासी कृष्ण सिंह भाटले जानकारी दिनुभएको छ् । हात्तीको त्रासको कारण सुत्न समेत नपाएको उहाँले बताउनुभएको छ् । मध्यरातमा बस्ती भित्रिने हात्तीले मानिसमा आक्रमण गर्ने डरले हात्ती धपाउन भाडा बजाउने आगोको धुनी बाल्ने, पटाका पट्काउने गर्दै आएको कृष्ण सिंह भाटले बताउनुभएको छ् ।  किसानहरुले लगाएको धान, मकै तथा चरि वाली खाएर, उद्यनेर नष्ट गरेको दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रीले बताउनुभएको छ् । हात्तीको आक्रमणको त्रासका कारण रातभर जाग्राम बस्नु परेका वडा सदस्य राना क्षेत्रीको भनाई छ् । हात्तीको बथान आएर घरमा तोडफोड गर्नुका साथै स्थानीयवासीको बाली र मौका परेको बेला मानवीय क्षति समेत गर्ने भएका कारण आफूहरु रातभर जाग्राम बस्न बाध्य भएको स्थानियहरु बताउछन् । बिगत १०/१२ वर्ष देखि बडुवाल टोलमा जंगली हात्तीले ठूलो धनमालको क्षती गर्दै आएको भएपनी नेपाल सरकारले वन्यजन्तुबाट हुने क्षती रोक्न कुनै दिर्घकालिन योजना नबनाएको स्थानीयबासीको आरोप छ् । जोगबुडा नदी पारी तथा नेपाल–भारत सिमा क्षेत्र संग जोडिएको बडुवाल टोलमा तिन सय घरपरिवारको बसोबास गर्छन् । एकरातमा दर्जनौ जंगली हात्तीको बथानले अन्नवाली संग घर भत्काउदै आएपछि बस्तीका अधिकांश स्थानियहरु दैनिकी चलाउन भारतको कालापहाडमा ज्यालामजुरी गर्न बाध्य भएका छन् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>