Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ साउन २९ गते मङ्गलबार

सुदुरपश्चिम प्रदेश सभामा एमाले, माओवादीका प्रमुख सचेतक चयन

सुदुरपश्चिम प्रदेश सभामा एमाले र माओवादिका प्रमुख सचेतक नयाँ चयन भएका छन । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद चक्र बहादुर मल्ल र सचेतकमा जानकी ऐर बम चयन भएका छन् । मंगलबार संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सुरेन्द्र बहादुर पाल र सचेतकमा निर्मला देवी साउद रहेका थिए । पाल भौतिक पूर्वाधार विकास मन्त्री र साउद सोहीँ मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएकाले प्रमुख सचेतक र सचेतक हेरफेर गरिएको संसदीय दलका नेता रावलले जानकारी दिए ।
प्रमुख सचेतकमा चयन भएका मल्ल डोटीको प्रदेश सभा (क) बाट प्रत्यक्ष निर्वाचित भएका थिए । बम बैतडीबाट समानुपातिक सांसद हुन ।
 यसैगरी सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतकमा गितादेवी माललाई नियुक्त गरिएको छ।
संसदीय दलका नेता मानबहादुर धामी सन्तोषले माललाई नियुक्त गरिएको जानकारी दिए।
माल पूर्वमन्त्री समेत हुन्। उनी तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री बनेकी थिइन्। उनी डडेल्धुराकी समानुपातिकतर्फकी प्रदेश सभा सदस्य हुन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>