Samriddhipost
२०८१ भदौ २८ गते शुक्रबार
महेन्द्रनगर
२०८१ साउन ३० गते बुधबार

रावलकाे एक कलले स्वास्थ्यचौकीमा सुत्केरि गराउन पालाे कुर्नुपर्ने समस्या टर्याे

सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल सोमबार लालझाडी गाउँपालिकाको बाढीग्रस्त क्षेत्रको अनुगमन क्रममा वडा नं. ५ स्थित देखतभुली स्वास्थ्य चौकी पुगे । त्यहाँस्थित बर्थिङ सेन्टरमा कार्यरत अनमि विनीता बोहराले समस्याहरू सुनाइन, ‘सुत्केरी र कुरुवा बस्ने एउटै कोठा हुँदा निक्कै समस्या हुने गरेको छ, अर्को तर्फ डेलिभरी बेड पनि एउटै छ, सँगै जसो अर्को सुत्केरी आउँदा कहाँ राखेर डेलिभरी गराउने ?’ बर्थिङ सेन्टरमा कोठा अभावले गर्दा सुत्केरीहरूले निक्कै सकस खेप्नुपर्छ । अर्कोतर्फ डेलिभरी बेडलगायत आवश्यक उपकरण र स्वास्थ्य सामाग्रीको पनि उस्तै समस्या छ । 
लालझाडी गाउँपालिका५, कृष्णपुर३ र शुक्लाफाँटा १२नगरपालिकाका १२ हजार भन्दा बढी स्थानीयलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको यो स्वास्थ्य चौकीमा औषधि र उपकरणको अभाव रहेको सिनियर अहेब लिलाकान्त झाले पूर्व मुख्यमन्त्री रावललाई जानकारी गराए । स्वास्थ्य चौकीका सिनियर अहेब झाले ३ हजार ४ सय ८ जनसङ्ख्यालाई सेवा दिने उद्देश्यले स्थापना गरिएको चौकीले अहिले तीन पालिकाको १२ हजार भन्दा बढीलाई वार्षिक सेवा प्रदान गरिरहेको र सबैभन्दा चर्को समस्या बर्थिङ सेन्टरमा भएको सुनाए ।
पूर्व मुख्यमन्त्री रावलले स्वास्थ्य चौकीबाटै धनगढीस्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. नीरज अर्याललाई टेलिफोन सम्पर्क गरी समस्या अवगत गराएपछि आपूर्ति व्यवस्थापन केन्द्रले मंगलबार अत्यावश्यक स्वास्थ्य सामाग्री र औषधि प्रदान गरेको छ । स्वास्थ्य चौकी प्रमुख झाका अनुसार तत्कालका लागि आपूर्ति केन्द्रले डेलिभरी बेड, ट्रली र निडल कटर एक–एक थान उपलब्ध गराएको छ । यस्तै अक्सिटोसिन इन्जेक्सन २ सय, मेडावोन सय, सर्जिकल ग्लोब हजार जोडी, क्याउला १ सय ५० पिस लगायत विभिन्न थरीका औषधिहरू उपलब्ध भएको छ । यस्तै अटोक्लेभ मेसिन, बेड, स्क्रिन पर्दा, एनालाइजर, विपि सेटलगायतका सामाग्रीहरू उपलब्ध गराउन आपूर्ति केन्द्र प्रमुख अर्यालले जिल्ला स्वास्थ्य कार्यालयलाई भनेका छन् । याे संगै देखतभूली स्वास्थ्य चाैकिमा सुत्केरि गराउन पालाे कुर्नुपर्ने समस्या समाधान भएकाे छ ।
 स्वास्थ्य चौकीले पुरानो भवन र आवास भवनको मरम्मत र रंगरोगन, एम्बुलेन्स, लैङ्गिक मैत्री शौचालय निर्माण र आधुनिक बर्थिङ सेन्टर भवनको माग पूर्व मुख्यमन्त्री रावल समक्ष राखेको छ । वडा नं. ५ का स्थानीय तथा नेकपा (एमाले) का प्रदेश कमिटी सदस्य खेमराज ओझाले स्थापनाकाल देखि नै यो स्वास्थ्य चौकीले गुणस्तरीय सेवा दिँदै आए पनि स्वास्थ्य सामाग्रीको अभाव सधैँ जसो खट्किने गरेको जानकारी दिए । ‘रेफर गरिएका बिरामीहरूलाई धनगढी र महेन्द्रनगरका अस्पतालमा लैजानका लागि एम्बुलेन्स नहुँदा रात–बिरात अटोमा राखेर लग्नुपर्छ,’ उनले भने । पूर्व मुख्यमन्त्री रावलले तत्कालका लागि स्वास्थ्य सामाग्रीको जोहो गरिएको बताउँदै एम्बुलेन्सलगायत भौतिक संरचना निर्माणको हकमा पनि आफूले सक्दो पहल गर्ने जनाए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>