अब सातै प्रदेशमा क्यान्सर उपचार हुने भएकाे छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ पारित गरेपछि सबै प्रदेशमा क्यान्सर उपचारको सेवा विस्तार हुने भएको छ ।
चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल, नेपालगञ्जको सुशील कोइराला क्यान्सर अस्पताल सहित कोशी प्रदेश अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगञ्ज, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा क्यान्सर विशेषज्ञ सेवा उपलब्ध हुने छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पाैडेलले मन्त्रालयको कार्यभार सम्हालेलगत्तै क्यान्सर रोगका बिरामीलाई केही राहत दिन सकिन्छ भनेर क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेको उल्लेख गर्दै, मन्त्रालय सम्हालेको एक महिना पुग्दै गर्दा थप पाँच प्रदेशमा क्यान्सर सेवा विस्तार गर्ने गरि कार्यविधि स्वीकृत गरेकाे उल्लेख गरेका छन ।
मन्त्री पाैडेलले आम नागरिकको स्वास्थ्यमा सहज पहुँच स्थापित गर्न दिलोज्यानले लाग्न मलाई तपाईंको पृष्ठपोषणले थप उर्जा मिल्नेछ । यसका लागि निरन्तर सल्लाह र सुझावको अपेक्षा राखेको छु उल्लेख गरेका छन ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया