Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ साउन ३१ गते बिहिबार

कंचनपुरबाट डेढ अर्व बढि रकम फिर्ता, ठेकेदारले पाएनन मुक्तानी

सुदूरपश्चिम प्रदेशको तराईको जिल्ला कञ्चनपुरबाट डेढ अर्ब भन्दा बढि बजेट फिर्ता भएको छ । गत आर्थिक वर्ष ०८०/०८१ मा जिल्लाबाट १ अर्ब, ५० करोड, २४ लाख, १३ हजार, ३९२ रुपैया (बजेट) फिर्ता भएको हो । संघीय कोष तथा लेखा नियन्त्रण कार्यालय क्षेत्राधिकार भित्र रहेका कार्यालयबाट चालु र पुजिगत गरेर ७६ करोड, ८७ लाख, ७२ हजार ५७५ र प्रदेश कोलेनिका कार्यालय क्षेत्राधिकार भित्र रहेका कार्यालयवाट चालुपुँजिगत गरेर ७३करोड, ३७ लाख, ४७ हजार, ७९६ रुपैया खर्च हुन नसकि फिर्ता भएकाे हाे ।

गत आर्थिक वर्षमा संघीय र प्रदेश सरकारले जिल्लाभरीका विभिन्न कार्यालयहरुका लागि चालु तथा पुँजिगत तर्फको विनियोजित बजेट मध्ये उक्त बजेट खर्च हुन नसकेपछि फिर्ता भएको संघीय प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

सघीय कोष तथा लेखा नियन्त्रक/प्रदेश लेखा इकाई कार्यालयको तथ्याङ्क अनुसार चालु भन्दा पूँजिगत तर्फको बजेट बढि खर्च हुन नसकेको हाे । दुवै कोष तथा लेखा नियन्त्रक कार्यालयको क्षेत्राधिकार अन्र्तरगत जिल्लाभरी १५ अर्ब, २६ करोड, ३९ लाख, ३० हजार, ९९० रुपैया मध्ये १३अर्व, ७६ करोड, १५ लाख, १५ हजार, ५ सय ९८ रुपैया मात्रै खर्च भएको छ । दुवै कोष तथा लेखा नियन्त्रक कार्यालयको जिल्लाभरी चालु र पुँजिगत तर्फको ९० प्रतिशत मात्रै बजेट खर्च भएको छ । संघीय कोलेनिका कार्यालयको तथ्याङ्ग अनुसार चालु तर्फ ९ अर्व, २५ करोड, ३० लाख, २६ हजार, ४२१, चालु तर्फ ३अर्थ, ५६ करोड, ४५ लाख, ८४ हजार ९ रुपैया गरी १२ अर्व ९२ करोड, ७६ लाख, १० हजार ४२१रुपैया जम्मा बजेट मध्ये चालु तर्फ ८ अर्व, ८७ करोड, ३७लाख, ८४ हजार, ४४७ रुपैया र पुँजिगत तर्फ ३अर्थ, १७ करोड, ५० लाख, ५३ हजार ४०८ रुपैया गरी १२अर्व, ०४ करोड ८८ लाख ३७ हजार ८५५ रुपैया मात्रै खर्च भएको छ । प्रदेश लेखा इकाई कार्यालयको तथ्याङ्क अनुसार चालु तर्फ १ अर्थ, ११ करोड, ७७ लाख २६ हजार , ५२९ रुपैया, पुजिगत तर्फ १ अर्व, ३२ करोड, ८५ लाख, ९१ हजार गरेर जम्मा २ अर्थ, ४४ करोड ६३ लाख, २० हजार ५६९ रुपैया बजेट मध्ये चालु तर्फ ७९ करोड, ८५ लाख, ८४ हजार, ४६६ रुपैया र पुँजिगत तर्फ ८१ करोड, ४० लाख, ८५ हजार, २७६ रुपैया खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका प्रमुख कृष्ण बहादुर धामीले विकास निर्माणको ढिलो गरी अख्तियारि आउने भएकाले बजेट खर्च हुन नसक्ने अवस्था रहेको बताए । प्रमुख कोष नियन्त्रक धामीले गत आर्थिक वर्षमा कोलेनिकाको क्षेत्राधिकार भित्र रहेको कार्यालयहरुको ९४ प्रतिशत रकम खर्च भएको बताए ।

प्रदेश लेखा इकाई कार्यालयका सुचना अधिकारी वीर वहादुर ऐरले पनि पुजिगत तर्फ अख्तियारि ढिलो आउने भएकाले चालु भन्दा पूँजिगत बढि बजेट खर्च हुने गरेको बताए । कञ्चनपुरमा वर्षेनी ठुलो आकारमा बजेट फिर्ता हुने भएकाले बिकास निर्माणमा त्यसको प्रभाव परिरहेको भन्दै समयमै बजेट अख्तियार दिनुपर्ने सरोकारवालाको भनाई छ। गत वर्षको भुक्तानी नपाएर निर्माण व्यवसायीले कञ्चनपुरमा आन्दोलन गर्नुपर्ने बाध्यता छ, अर्कातिर पुँजिगतकै करोडौं रकम फिर्ता भएको विडम्बना छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>