Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ साउन ३१ गते बिहिबार

दोधारा चाँदनीको बाढी ग्रस्त बिद्यालयमा एनएनएसडब्लुएको सहयोग, शैक्षिक अवस्था सुधार हुने अपेक्षा

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी ग्रस्त सामुदायिक बिद्यालयमा संस्थाले सहयोग गरेको छ् । सेभ द चिल्ड्रन, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सहयोग र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहकार्यमा दोधारा चाँदनी नगरपालिकाका १५ वटा बाढी ग्रस्त सामुदायिक बिद्यालयका झण्डै १७ सय बिद्यार्थीलाई सहयोग सामग्री बितरण गरिएको छ् । कक्षा १ देखि ५ सम्म अध्यन गर्ने बिद्यार्थीहरुलाई कापी, कलम, पोशाक लगाएत शैक्षिक सामग्री, शिक्षकहरुलाई अध्यापन सामग्री बितरण गरिएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । सेभ द चिल्ड्रन, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सहयोगमा बाढी प्रभावित क्षेत्रका बिद्यालयका बिद्यार्थीहरुलाई पठन पाठनमा सहजताको लागी बिद्यार्थीहरुलाई पोशाक, शैक्षिक सामग्री, शिक्षकहरुलाई अध्यापन सामग्री बितरण गरिएको उहाँले बतानुभएको छ् । बाढीको कारण बिद्यार्थीहरुको कापी, किताव लगाएत शैक्षिक सामग्री बगाएको, भिजेको अवस्था आफुहरुले महशुस गरेको हुदा नेपाल राष्ट्रिय समाज कल्याण संघको पहलमा शैक्षिक सहजताको लागी बिद्यार्थीहरुलाई शैक्षिक सामग्री, बिद्यालयलाई अध्यापन सामग्री बितरण कार्य अघि बढाईएको नगरप्रमुख लिम्बुले बताउनुभएको छ् । गत असार २२ गते देखि २४ गते सम्म परेको अविरल वर्षा संगै आएको बाढीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बढी प्रभावित बनेको हो । बाढी व्यस्थापनको लागी दोधारा चाँदनी नगरपालिका क्षेत्रमा डिसीए नेपाल संग सहकार्य गर्दै आएको र अहिले आएर सेभ द चिल्ड्रन संग सहकार्य गरि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बाढीले प्रभावित बनाएका क्षेत्रका बिद्यालय तथा बिद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा अध्यापन सामग्री बितरण सुरु गरेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताउनुभएको छ् । दोधारा चाँदनी नगर क्षेत्रमा रहेका २२ बिद्यालयहरुले शिक्षक अध्यापन सामग्री र वालविकास कक्षाहरुका लागी अध्यापन सामग्री र बाढी ग्रस्त क्षेत्रमा बसोवास गर्ने १५ बिद्यालयलाई पोशाक, शैक्षिक सामग्री, शिक्षकहरुलाई अध्यापन सामग्री बितरण कार्य सुरु गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताउनुभएको छ् । बाढी आएको बेला आफुहरु ज्यान बचाउन भागा भाग गर्नु पर्ने ओंमकार आधारभुत बिद्यालयका एक बिद्यार्थी एलिसा शर्माले बताएकी छिन् । बाढी आएको बेला घरमा रहेको कापी, किताव, पोशाक बगाएको एलिसाले बताईन् । एलिसाले कापी, किताव बाढीले बगाएको अवस्थामा संस्थाले गरेको सहयोगले आफु निकै खुशी भएको बताएका छन् । नगरपालिका क्षेत्रमा रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले नगर क्षेत्रको १ सय २ घर पुर्णरुपमा क्षती बनाएको हो ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>