Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ साउन ३२ गते शुक्रबार

बिपिन जाेशी रिहाईका लागि सुदुरपश्चिमभरि अनेरास्ववियुले विध्यार्थिकाे  हस्तारक्षर संकलन गर्दै

हमास समुहको कब्जामा रहेका सुदुरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको रिहाईका लागि अनेरास्ववियुले प्रदेशभरि हस्ताक्षर संकलन गरिरहेको छ । सत्ताशिन नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले कञ्चनपुर समेत प्रदेशभरि हस्ताक्षर संकलन गरिरहेको हो ।

 

अनेरास्ववियु कञ्चनपुरले १० महिनादेखि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी हमास समुहको नियन्त्रणमा रहदासमेत सरकार प्रभावकारी पहल गर्न नसक्दा अझै नियन्त्रणमा भएकाले दवाव सृजना गर्न हस्ताक्षर संकलन अभियान शुरु गरिएको जनाएको छ । अध्यक्ष अमर सिह धामीले आतङकवादी हमास समुहको कब्जामा रहेका विपिन जोशीको रिहाईका लागि विद्यार्थीबाट हस्ताक्षर संकलन गरिएको बताए । अध्यक्ष धामीले केही दिन थप हस्ताक्षर संकलन गरेर सरकारलाई बुझाईने बताए ।
अनेरास्ववियु कञ्चनपुरका उपाध्यक्ष धर्मराज जोशीले सुप विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको रिहाईका लागि दवाव दिन हस्ताक्षर संकलन गरिएको बताए । उनका अनुसार सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरको मुल गेटमै डेस्क राखेर हस्ताक्षर संकलन शुरु गरिएको छ । ‘हामीले अहिले हस्ताक्षर संकलन गर्दैछौँ, केही दिन पनि यो अंभियान संचालन गछौँ, ‘उनले भने, ‘लगतै प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र सहित हस्ताक्षर बुझाउँछौँ ।

अनेरास्ववियु प्रदेश सचिव कमल राेकाले ’२० असोज ०८० का दिन प्यालेष्टाईनी हमास समुहले इजरायलमा हमला गर्दा त्यहाँ लर्न एण्ड अर्न कार्यक्रम अन्र्तरगत ईन्टनशिप गरिरहेका सुप विश्वविद्यालयका विद्यार्थी विपिन जोशी नियन्त्रणमा लिएको र केही मारिएको केही विद्यार्थी घाईते भएका थिए । संघीय सरकार, तिनका मन्त्रीहरुले विगतदेखि हमास समुहको नियन्त्रणमा रहेका विपिनको रिहाईका लागि पहल गरिएको आश्वासन दिएको महिनौँ वितिसक्दा पनि परिमाण केही नआएपछि घर परिवार, आफन्त, ईष्टमित्र, साथीभाई विद्यार्थी संघ संगठन चिन्तित बनेका छन । यसै सन्दर्भमा अनेरास्ववियुले सुदुरपश्चिम प्रदेशभरि हस्तान्तरण संकलन गरि सरकारलाई बुझाइ विपिन रिहाईका लागि दवाव दिन खाेजेकाे बताएका छन । उनका अनुसार हिजाे बिहिबार कैलालीमा हस्तान्तरण संकलन भएकाे र बाकि ठाउँमा आज हस्तारक्षर भैईरहेकाे बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>