Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०८१ भदौ ०३ गते सोमबार

भिमदत्तमा फाेहमैला ब्यावस्थापन केन्द्रकाे छैन टुङ्गाे, पहिलाे ठेक्का अन्तिम चरणमा ।

एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रका लागि भीमदत्त नगरपालिकामा जग्गा प्राप्तिमा देखिएको अवरोधले काम ठप्प छ ।
 नगरपलिकाले जग्गाको टुङ्गो लगाउन नसक्दा काम ठप्प बन्न पुगेको हो। नगरपालिकाले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास योजनाअन्तर्गत ६० करोडको फोहर मैला व्यवस्थापन केन्द्र निर्माणको योजना अघि सारेको थियो।

भीमदत्त नगर पालिकाकाले जग्गा ब्यावस्थापन गर्न नसकेछी फोहरमैला व्यवस्थापन केन्द्र निर्माण अनिश्चित हुन पुगेकाे छ ।एसियाली विकास बैंकको तीन अर्ब ऋण सहयोग अन्र्तगतको यो परियोजनामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणलाई पहिलो सर्तका रुपमा राखिएको छ। फोहरमैला व्यवस्थापन केन्द्र निर्माणसँगै नगर क्षेत्रमा ३६ किलोमिटर ढलसहितको पक्की सडक निर्माणका योजनाको काम भने ९० प्रतिशत पुरा भएको निर्माण कम्पनीले जनाएको छ। 
नगरपालिका कार्यालयमा पटक पटक सर्वदलीय र सर्वपक्षीय छलफल गरिएकाे नगरपालिकाकाे दाबि छ । फोहरमैला व्यवस्थापन केन्द्र बनाउन नगरपालिकालाई २० विघा जमिन चाहिने देखिएको छ। तर २० बिघा जमिन प्राप्त हुन नसकेर समस्या भइरहेको नगर स्राेत बताउछ ।

क्षेत्रीय सहरी विकास योजनाको २० वर्षे योजनाको पहिलो चरणअन्तर्गत फोहरमैला व्यवस्थापन केन्द्रसहित अन्य पूर्वाधार निर्माणका कार्यक्रम अघि बढेको हो। तर एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम भने अघि बढ्न नसक्दा योजना नै गुम्ने खतरा बढेको छ।

नगरपालिका स्थापनादेखि फोहर मैला व्यवस्थापन केन्द्र निर्माण हुन सकेको छैन। अहिले नगरपालिका क्षेत्रबाट दैनिक सात दशमलव २९ टन फोहर निस्कने गरेको छ । महेन्द्रनगर बजारसहित आसपासका ७ सय घर बाट फोहर सङ्कलन गरी नगरपालिकाले व्यवस्थापन गर्दै आएको छ । २०३४ सालमा स्थापना गरिएको नगर पालिकामा यसअघि डम्पिङ साइट बनाउन पटक-पटक प्रयत्न गरिएको थियो।

पछिल्लो पटक आधुनिक प्रविधि सहितको केन्द्र बनाएर फोहरमैला व्यवस्थापन गर्ने योजना अघि सारिएको भएपनि जमिनको टुंगो लाग्न नसक्दा निर्माण अलपत्र परेको छ। 

याे संगैकाे शुक्लफाटा नगरपालिकामा काम सुरु गरेकाे शहरि बिकाशले फाेहरमैला ब्यावस्थापन केन्द्र निर्माण अन्तिम चरणमा पुर्याएकाे छ । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>