Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ ०३ गते सोमबार

अख्तियारले धनगढि बाट पक्राउ गरेका शैल्यशिखरका कर्मचारि बिरुद्ध मुद्दा दर्ता।

दार्चुलाको शैल्यशिखरका २ जना कर्मचारीविरुद्ध मुद्दा दर्ता भएको छ। घुससहित समातिएका दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धामीसहित कृषि नायव प्राविधिक सहायक अशोकसिंह धामीविरुद्ध पनि मुद्दा अघि बढाएको जनाएको छ।
आयोगको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले गत असार ३१ गते उनीहरुलाई चार लाख १२ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो। त्यस्तै, अशोकको नाममा लेखिएको साढे दुई लाखको दुईवटा चेक पनि अख्तियारले बरामद गरेको थियो।
अनुसन्धानको क्रममा कृषि सामग्री खरिदबापत भुक्तानी गर्नुपर्ने रकमको चेक उनीहरुले कृषक समूहबाट संकलन गरी आफूसँग राखेर भुक्तानी गर्नका लागि सेवाग्राहीबाट घुस मागेको पुष्टि हुन आएको अनुसन्धानबाट खुलेको छ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम नौ लाख १२ हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित दुवै जनाउपर आईतबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>