Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ ०३ गते सोमबार

सुदुरपश्चिम सरकारले ब्यक्ति, समूह, सहकारिलाई ताेकेर बजेट नदिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले व्यक्ति, समूह, संस्थालाई बजेट विनियोजन नगर्ने बताएका छन्।
धनगढी स्थित मुख्यमन्त्री निवासको सभाहलमा आजं (सोमबार) आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकारबाट बजेट तोकेर  व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारी आदिलाई नियोजन नगरिने बताएका हुन्।
सरकार बजेट निर्माणका बाँकी प्रक्रियाहरू पूरा गर्न प्रदेश सभामा छलफलका लागि बजेट तथा कार्यक्रम पेश गर्दै सबै प्रदेशसभा सदस्यको सहमतिमा प्रक्रियागत ढंगले अगाडि बढ्न प्रतिबद्ध रहेको उनले बताए।
बजेट निर्माणका सन्दर्भमा प्रदेश सरकार सबै क्षेत्रका सम्बद्ध व्यक्ति, दल र नागरिक समाजसँग संवाद र छलफल गरिरहेको बताए ।  विभिन्न क्षेत्रबाट प्राप्त सुझाव साथै विषेश गरी गठबन्धन दलको सहमतिमा वार्षिक विकास कार्यक्रम (बजेट) सुदूरपश्चिम प्रदेशको आवश्यकता र औचित्यका आधारमा निर्माण गर्ने शाहले बताए ।
प्रदेश सरकारले कार्यान्वयन गर्ने योजना तथा कार्यक्रमका लागि २५ लाखभन्दा माथि सिलिङ कायम गरी बजेट विनियोजन गर्ने उनको भनाइ छ। प्रदेश सरकारले आवश्यकता र औचित्यका आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्ययोजनासहित सशर्त अनुदानको रूपमा स्थानिय तहलाई वित्तीय हस्तान्तरण गर्ने मुख्यमन्त्री शाहले जानकारी दिए। 
प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारी आदिलाई बजेट विनियोजन तोकेर नगरिने उनले बताए । भ्रष्टाचारलाई शून्य सहनशीलताको नीति अवलम्वन गरी सुशासन, जनमुखी र जनउत्तरदायी तथा आम सुदूरपश्चिमवासीको विकास र समृद्धिप्रति सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री शाहको भनाइ छ।
प्रदेशको विकास, समृद्धि, सुशासन प्रर्वद्धन, भ्रष्टाचार नियन्त्रणका साथै योजना छनौट र बजेट विनियोजनका सन्दर्भमा आवश्य सल्लाह सुझाव दिन पनि शाहले सम्पुुर्णमा अपिल गरेका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>