Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ भदौ ०३ गते सोमबार

हात्तीको ठुलो बथान बडुवाल टोलमा, एकै रातमा झण्डै ३ बिघाहमा लगाएको अन्नवाली नष्ट

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ का चमेली नेपाली रातीको समयमा चयनले सुत्न पाउदैनन् । दिन भरि काममा थाकेर आराम गर्नका लागि घर आउने चमेली नेपाली आराम गर्ने सपना करिब एक साता देखि पूरा भएको छैन् । कारण एउटै हो, जंगली हात्तीको आतंक ।
 दोधारा चाँदनी नगरपालिका वडा नं. ३, बडुवाल टोल भारतिय जंगल संग जोडिएको बस्ती हो । भारतको उत्तराखण्ड संग जोडिएको बस्ती बडुवाल टोलमा दैनिकरुपमा रातीको समयमा निस्कने जंगली हात्तीको आतंकले हैरान मात्र नभई आजित बनाएको छ् । आईतवार २०/२५ वटा हात्ती बस्तीमा पसेर उपद्रो मच्चाएपछि  चमेली र उनका घरपरिवार रातभरी सुत्न नपाएको चमेलीले बताउनुभएको छ् । बडुवाल टोलका लागि चमेली एक उदाहरणका पात्र मात्र हुन् । उनि जस्ता करिब एक सय बढी घरधुरी स्थानीयवासीलाई दिनभरी काम गरेर राती समय आराम गर्ने बेलामा जंगली हात्ती धपाउनु पर्ने बाध्यता रहेको छ् ।

 जंगली जनावरको आतंक र आक्रमणको त्रासका कारण रातभर जाग्राम बस्नु परेको बडुवाल टोलका स्थानियबासी बल बहादुर सुनारको भनाई रहेको छ् । दिउसै आएको जंगली हात्तीले बस्तीमा पसेर अन्नवाली खाएर, उधनेर नष्ट गरेको उहाँले बताउनुभएको छ् । खेतीवाली लगाएको बेला सुत्न पनि नपाउने र खेतको अन्नवाली खान पनि नपाउने गरेको स्थानियबासी बल बहादुर सुनारले बताउनुभएको छ् । हात्तीले गर्दै आएको क्षतीको बिषयमा स्थानिय सरकारको प्रयास रहेपनि प्रदेश सरकार र संघिय सरकारले जंगली हात्तीले बस्तीमा गर्दै आएको क्षती रोक्न कुनै दिर्घकालिन योजना नबनाएको बल बहादुर सुनारको भनाई रहेको छ् । रातभरी बस्तीमा पसेर उपद्रो मच्चाएको हात्ती बिहान पख मात्रै जंगल तिर गएको उहाँले बताउनुभएको छ् । हात्तीको ठुलो बथान आएर घर नजिक खेतवारीमा लगाएको धान तथा मकैवाली खाएर, उद्यनेर नष्ट गर्दै आएको र मौका परेको बेला मानवीय क्षति समेत गर्ने भएका कारण आफूहरु रातभर जाग्राम बस्न बाध्य भएको स्थानियबासीको भनाई रहेको छ् । नेपाल—भारत संग जोडिएको बडुवाल टोलमा भित्रिने दर्जनौ हात्तीको बथान धपाउन र वन्यजन्तुको आक्रमणबाट जोगिन स्थानियबासीहरुले अनेकौं उपाय गर्दै आएपनि सार्थक नभएपछि वर्षेनी बस्तीमा स्थानियहरुले रकम संकलन गरि गणेश भगवानको पुजा आराधान गर्ने गर्दै आएका छन् । दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य तथा बडुवाल टोलबासी लक्ष्मी राना क्षेत्रीले एक सातामा झण्डै ३ बिघाहमा लगाएको अन्नवाली जंगली हात्तीले खाएर, उधनेर नष्ट गरेको बताउनुभएको छ् । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>