कैलालीमा म्याजिक र मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
गेटा अस्पताल नजिक म १ ज १६१ नम्बरको म्याजिक र से ६ प ८४२३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घना भएको हो ।
उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका बिस्राम चौधरीको उपचारकोक्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
मोटरसाइकल पछाडि सवार रहेका धनगढी उपमहानगरपालिका–२ का रामप्रसाद चौधरी घाइते भएका छन् । उनको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै म्याजिकमा चालकसहित ८ जना सवार रहेकोमा ७ जना घाइते भएका छन् । घाइते हुनेमा भीमदत्त नगरपालिका–६ की ९ वर्षीया अविशा श्रेष्ठ र ५ वर्षीय आयन श्रेष्ठ रहेका छन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया