Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
२०७८ पुष २८ गते बुधबार

रेमिट्यान्स घट्नुकाे मुख्य कारण हुण्डि काराेबार

बैंङ्क प्रणाली बाहिर नगदको अवैध कारोबार बढ्दा त्यसको नकारात्मक असर वैदेशिक रोजगार र त्यसको कमाइले धानेको अर्थतन्त्रमा परेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा वैदेशिक रोजगारमा जाने श्रमिकको सङ्ख्या ह्वात्तै बढेको छ ।                                       अघिल्लो वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगार ९९ प्रतिशतले बढेको छ तर विप्रेषण आप्रवाह (रेमिट्यान्स) भने पछिल्लो समय क्रमिक रूपमा घट्दै गएको देखिएको छ । जानेको प्रतिशत बढेको तीन महिनामा नै उनीहरूले पठाउने रेमिट्यान्स मापनको आधार नबन्न सक्छ । तर पहिले विदेशमा रहेकाले पनि बैङ्क प्रणालीभन्दा बाहिरी माध्यमको प्रयोग गरी पैसा पठाउँदा वैध कारोबारबाट देखिने रेमिट्यान्स घटेको हो । रेमिट्यान्स घट्नुको मुख्य कारण हो अवैध रूपमा हुने हुन्डीको कारोबार ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार चालू आवको तीन महिनामा रेमिट्यान्स ७.६ प्रतिशतले कमी आएको छ । अमेरिकी डलरसमेत ७.७ प्रतिशतले कमी आएको छ । आव २०७७/७८ मा विदेश जानेको सङ्ख्या ९६.८ प्रतिशत वृद्धि भई ६६ हजार ३१६ भयो । पुनः श्रम स्वीकृति लिनेको सङ्ख्यासमेत ७८.६ प्रतिशतले वृद्धि भई ३४ हजार ८२३ पुग्यो तर बैङ्किङ माध्यमबाट आउने रेमिट्यान्स भने यो पछिल्लो वर्ष ८.१ प्रतिशतले घट्यो । गत वर्षको तुलनामा यस वर्षको तीन महिनामा मात्र वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दोब्बर भएको छ । पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २८६.१ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष २३ प्रतिशतले बढेको रेमिट्यान्स यस वर्ष भने १८.१ प्रतिशतले कमी आएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>