Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ भदौ ०५ गते बुधबार

कार्वन उत्सर्जन न्यूनिकरणका लागी ‘ईको पार्क’ मा वृक्षारोपण तथा व्यवस्थापन

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–४ र १८ मा रहेको बजार संगै जोडिएको ईको पार्क क्षेत्र बाक्लो बस्ती साथै मोटर गाडीहरुको उच्चतम प्रयोग हुने स्थान हो । पछिल्लो समय जलवायु परिवर्तनको असर, मोटर गाडीको उच्चतम प्रयोग साथै उद्योग धन्दाहरुले वातावरण प्रदुषित बन्दै गएको छ् । जनसंख्या वृद्धि र विस्तारित शहरीकरणका बिच वातावरणीय सन्तुलन कायम गर्न भीमदत्त नगरपालिकामा वृक्षारोपण कार्यहरु गरि हरियाली प्रवद्र्धनका लागि काम भईरहेको छ् । 
यसै क्रममा भीमदत्त नगरपालिका वडा नम्बर १८ स्थित सालघारीमा रहेको ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापन कार्य सुरु भएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाको गिफ्ट प्लान्टेशन सपोर्ट कार्यक्रम अन्तर्गत भीमदत्त नगरपालिका वडा नम्बर १८ को समन्यवमा ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापन कार्य सुरु भएको हो । ईको पार्कमा गिफ्ट प्लान्टेशन सपोर्ट कार्यक्रम अन्तर्गत २० लाख बराबरको वृक्षारोपण गरिनेछ् । अहिले ईको पार्क परिसरमा तारबार लगाउने कार्य सम्पन्न भएको छ् ।  भीमदत्त नगरपालिका वडा नम्बर–१८ का वडा अध्यक्ष  रविन्द्र प्रसाद देवकोटाले महेन्द्रनगर बजारको मुटुमा रहेको ईको पार्कले जनताको स्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने भएकाले यसलाई व्यवस्थित गर्न अति आवश्यक रहेको बताउनुभयो । उहाँले भीमदत्त नगरपालिका–१८ र एनएनएसडब्ल्यूए लगाएत विभिन्न संघ संस्थाहरुको आर्थिक तथा प्राविधिक सहयोगमा ईको पार्क संरक्षण, संवर्धन र व्यवस्थापनको काम भईरहेको बताउनुभयो । एनएनएसडब्ल्यूए सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बढ्दो जलवायु परिवर्तनको असरबाट शहरी क्षेत्र बढी प्रभावित भएको अवस्थामा कार्वन उत्सर्जन कम गर्न साथै खुल्ला क्षेत्रहरुको संरक्षण गर्ने उद्देश्यले गिफ्ट प्लान्टेशन सपोर्ट कार्यक्रम अन्तर्गत वृक्षारोपण गर्न लागिएको बताउनुभयो । उहाँले ईको पार्कमा वृक्षारोपण, संरक्षण, सम्बद्र्धन र व्यवस्थापनका लागि गिफ्ट प्लान्टेशन सपोर्ट कार्यक्रम अन्तर्गत रु. २० लाख बराबरको सहयोग गर्ने गरि भीमदत्त नगरपालिका वडा नम्बर–१८ संग सम्झौता भएको बताउनुभयो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाको गिफ्ट प्रोजेक्टले जलवायु परिवर्तन अनुकुलनका लागि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ् । परियोजनाले यस अघि भीमदत्त नगरपालिकामा रहेको भीम बाटिकामा सिचाई बोरिङ्ग जडान, वृक्षारोपण, झाँडी सरसफाई, ग्रास कटर, सिचाई पाईप र रुखहरुमा नेम प्लेट राख्ने र डस्टबिनहरुका लागि रु.४ लाख ८८ हजार १ सय ५९ बराबरको सहयोग गरेको थियो ।  साथै सरसफाई अभियान र वृक्षारोपणका लागि निरन्तर रुपमा सहयोग गर्दै आएको छ् ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>