Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ भदौ ०६ गते बिहिबार

नेपाली क्रिकेटकाे बरियतामा सुधार भएकाे छ ।
फायल तस्बिर

आइसिसीले बुधबार टेस्ट, एकदिवसीय तथा टी–२० को नयाँ वरीयता सार्वजनिक गरेको छ । वरीयताअनुसार नेपालले एकदिवसीयतर्फ एक स्थान सुधार गरेको छ । नेपाल १६औँ स्थानमा रहेको आइसिसीले जनाएको छ ।

नेपालको ३१ रेटिङ अंक छ । यसअघि नेपाल १७औँ स्थानमा थियो । आइसिसी विश्वकप लिग–२ मा लगातार चार खेल गुमाएको क्यानडाले दुई स्थान गुमाएको छ । नेदरल्यान्ड्समा चलिरहेको त्रिकोणात्मक सिरिजमा क्यानडाले खेल गुमाएको हो । 

क्यानडा १८औँ स्थानमा रह्यो । ओमानले पनि एक स्थान सुधार गरेको छ । ओमान २४ रेटिङका साथ १७औँ स्थानमा रहेको आइसिसीले जनाएको छ । एसोसिएटतर्फको शीर्ष स्थानमा स्कटल्यान्ड छ ।

स्कटल्यान्ड ११औँ स्थानमा छ । एसोसिएटमा नेपालभन्दा अगाडि स्कटल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया रहेका छन् । एकदिवसीय वरीयतामा भारत पहिलो, अस्ट्रेलिया दोस्रो र तेस्रो स्थानमा दक्षिण अफ्रिका छन् । टी–२० वरीयतामा भने नेपाल १७औँ स्थानमै यथावत् रह्यो । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>