Samriddhipost
२०८१ असोज १२ गते शनिबार
मकवानपुर
२०८१ भदौ ०६ गते बिहिबार

भैंसी गाेठमा बाघ पस्दा बाघकाे मृत्यु, भैंसी घाईते ।

मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ६ मा भैंसि गाेठमा बाघ मृत फेला परेकाे छ ।

मनहरी ६ प्रतापुर बस्ने बलबहादुर राईको गोठमा भैंसीलाई आक्रमण गर्न आएकाे बाघलाई भैसिले आक्रमण गरेपछि बाघ मरेकाे छ। बाघको आक्रमणबाट एउटा भैंसी घाइते भएको छ। सोही गोठमा बाघ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भन्डारीले जानकारी दिए।

बाघ बुढो भएकोले भैंसीसंग जुध्ने क्रममा मृत्यु भएको हुनसक्ने आशंका गरिएको भन्डारीले बताए। घटनाको विषयमा जानकारी हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरी र पर्सा राष्ट्रिय निकुञ्जको टोली घटनास्थल पुगेको थियो।

निकुञ्जको टोलीले घटनास्थलको अवलोकन गर्दा बाघ बुढो भएकोले भैंसीले हान्दा मृत्यु भएको देखिएको बताएको छ। आज बिहान चितवन राष्ट्रिय निकुन्ज अन्तर्गतको सेक्टर सौराह ब्यारेकबाट आएको नेपाली सेनाको टोलीले मृत बाघ जिम्मा लोएर गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पछिल्लो समय मकवानपुरको मनहरी गाउँपालिकामा जंगली जनावर बाघ, गैंडा, हात्ती लगायतको आक्रमण बढ्दो क्रममा रहेको छ। यस क्षेत्रका सर्वसाधारण जंगली जनावरको त्रासमा बस्न बाध्य रहेका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>