Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ भदौ ०६ गते बिहिबार

बेदकाेट ८ मा जाेशीकाे आगमन संगै गैलनदिमा बन्याे ४ काेठे विद्यालय भवन

कञ्चनपुरको बेदकोट नगरपालिका ८ गैलनदीमा रहेको बैजनाथ माध्यामिक विद्यालयको चार कोठे भवनको उद्घाटन गरिएको छ । 
बिहीबार एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा निर्माण भएको उक्त नवनिर्मित विद्यालय चार कोठे भवनको उद्घाटन गरिएको हो । सुदूरपश्चिम प्रदेश सभा सदस्य एव पुर्व आर्थिक मामिलामन्त्री प्रकास बहादुर रावलले भवन उद्घाटन गर्दै भावि दिनमा समेत विद्यालयको भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन । 
बेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेशराज जोशीले ग्रामिण भेगमा रहेको सामुदायिक विद्यालयको उक्त भवन ल्याउनका लागि आफु सहित तत्तकालिन आर्थिक मामिलामन्त्री प्रकास रावल सहितले पहल गरेको भन्दै भावि दिनमा थप विद्यालय भवनका लागि पालिका, प्रदेश र संघीय सरकारलाई घचघच्याउने बताए।
वडाध्यक्ष जोशीले ग्रामिण भेगमा रहेका सामुदायिक विद्यालयको बृद्धि विकासका लागि वडाका तर्फबाट आगामी दिनमा थप सहयोग गर्ने बताए ।
बैजनाथ माध्यामिक विद्यालयका प्रद्यानाध्यापक पदम बोहराले प्रदेश सरकारको लगानीमा ३८लाख बजेटमा भवन निर्माण गरिएको बताए । प्रअ बोहराले चार कोठे भवन निर्माणसंगै शिक्षणमा सहयोग पुगेको भन्दै थप भवन आवश्यक रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त बहादुर बमको अध्यक्षतामा भएको कार्यक्तममा विभिन्न राजनीतिक दल, नागरिक समाज, अभिभावक, जनप्रतिनिधी, विद्यार्थी, शिक्षक सहितका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>