Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ भदौ ०७ गते शुक्रबार

बैतडी दुर्घटनामा परि कंचनपुरका एक जनाकाे मृत्यु २ घाईते ।

बैतडीमा बिहीबार बेलुका मिनिट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परेर दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ झलारी घर भएका मिनिट्रक साहु समेत रहेका जगदीश अवस्थी रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो धनगढीबाट बैतडीको दोगडाकेदार गाउँपालिका कफलकोट गइरहेको सु प प्र ०२ ००१ ख ०७३४ नम्बरको मिनि ट्रक कफलकोट नजिकै बिहीबार बेलुका ७ बजे दुर्घटनामा परेको हो।

 

दुर्घटनामा परेर साहु जगदीशको घटनास्थलमै मृत्युु भएको हो। यस्तै ट्रक चालक शुक्लाफाँटा १ का अम्मर अवस्थी र सहचालक शुक्लाफाँटा –४ का राजेन्द्र राना दुर्घटनामा परेर घाइते भएका छन्। घाइते दुबैजनाको जिल्ला अस्पतालमा उपचारका लागि लगिएको छ।  सरिया र सिमेन्ट बोकेको मिनिट्रक अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अस्थाई ट्राफिक प्रहरी पोष्ट,सतबाँझका ईञ्चार्ज सुरेन्द्र बहादुर चन्दले बताउनुभयो । दुर्घटनाग्रस्त मिनिट्रक सडकबाट ६० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>