Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ भदौ ०७ गते शुक्रबार

मनकारी भक्त बहादुरले गरे पिडामा रहेका विकलाई सहयोग

दोधारा चाँदनी नगरपालिका ४ का अध्यक्ष भक्त बहादुर सुनारले दोधारा चाँदनी नगरपालिका ८ दैउरालीघाट का अति विपन्न परिवारका ५० वर्षिय नर बहादुर विकलाई आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कमजोर भएका बिक रोजगारीको लागि भारतको रानीखेत स्थित कालापानीमा काम गर्दै आएका थिए । उनको २०८० माघ १५ गते खाना पकाउने क्रममा अचानक मिर्गी रोगले आगोमा परी दुवै हात लगाएत शरिरको विभिन्न भाग जलेको थियो । आर्थिक अवस्था कमजोर भएका कारण भारतमा प्राथमिक उपचार गराई घर आएको बिक बताउछन् । घरमा आए पछि उपचार गर्दा रु.२ लाख ४० हजार जति खर्च भएको विककी धर्म पत्नी बालकुमारीले बताईन् । भारतमा उपचार गराउदा धेरै खर्च लाग्ने र दुवै हात काटनु पर्ने बताए पछि उनलाई उपचारको लागि भाद्र ७ गते महाकाली प्रदेशिक अस्पताल ल्याइयो । जलेर हड्डी खिएको हुनाले उनको दुवै हात काट्नु पर्ने भएको छ । अहिले एक हात काटिएर उपचार भईरहेको छ भने केही दिनमा अर्को हात पनि काट्नु पर्ने उपचारमा खटिएका स्वास्थकर्मीहरुले बताएका छन् । दोधारा चाँदनी– ४ का मनकारी अध्यक्ष भक्त बहादुर सुनारको सामाजिक सेवा भाव र ईमान्दारी साथ काम गरेको हुनाले उनलाई वडा अध्यक्षमा स्थानियले दोहराएका छन् । आफ्नो व्यक्तिगत तर्फ बाट रु. पाँच हजार सहयोग गरेका सुनारले समाजिक सञ्जालमा सहयोग माँगी रु १० हजार ४ सय ५० सहयोग गरेका छन् अफ्ठयारो परेमा आफुलाई फोन गर्न भन्दै अझै सहयोग गर्ने अध्यक्ष सुनारले बताए ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>