Samriddhipost
२०८१ असोज १२ गते शनिबार
महेन्द्रनगर
२०८१ भदौ ०७ गते शुक्रबार

मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि माइती नेपालले विद्यार्थी लाई अनुशिक्षण ।

मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि माइती नेपाल कञ्चनपुरले एक दिने कानुनी अनुशिक्षण सम्पन्न गरेको छ ।
  आज सिद्धार्थ होटल न्यू आनन्दमा सुदूरपश्चिम बिश्वबिद्यालय, जनज्योति बहुमुखी क्याम्पस, मोर्डन पब्लिक स्कुल, फ्लोरिडा ईङ्गलिस स्कुल लगायतका बिद्यार्थीहरुलाई मानव बेचविखन तथा ओसारपसार बिरुद्ध अनुशिक्षण दिईएको माइती नेपाल कञ्चनपुरले जनाएको छ ।
 मानव बेचविखन तथा ओसारपसार बिरुद्धको कानुनी अनुशिक्षण माइती नेपाल कञ्चनपुरको नौलो कार्यक्रम भने होईन । यस अघि पनि माईती नेपालले मानव बेचविखन तथा ओसारपसार बिरुद्ध जनचेतना फैलाउन अत्याधिक माक्रामा यस्ता कार्यत्रमको आयोजना गरि सकेको छ । तर बिगतमा आयोजना गरिएका कानुनी अनुशिक्षण  भन्दा यो पृथक रहेको जानकारी माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो । 
आज दिईएको तालिमबाट प्रशिक्षण बाट प्रशिक्षक उत्पादन भएको र ती प्रशिक्षकहरुले आ–आना क्षेत्रमा मानब बेचविखन तथा ओसारपसार बिरुद्ध ब्यापक जनचेतना फैलाउने बिश्वास ब्यक्त गर्दै संयोजक भट्टले भन्नुभयो, यसपाली हामी थोरै फरक ढंगले अगाडी आएका छौं । बिगतका दिनमा हामी जति जनालाई तालिम दिन्थ्यौ त्यसले सिमित मान्छे मात्र लाभान्वीत हुन्थे । तर अब त्यसो हुने छैन । आज हामीले जति भाईबहिनीहरुलाई तालिम दिएका छौं, उहांहरु सबै जना स्वतःस्फूर्तमा स्वयंसेवीको रुपमा काम गर्न उत्साहित भएका छन ।  यो पटक तालिम लिएका भाईबहिनी यस कार्यमा साथ दिनेछन् भन्ने आशा मैले लिएकी छु ।

तालिममा सहभागी मध्येका एक जनज्योति बहुमुखी क्याम्पसका छात्र गोबिन्द जोशीले भने –हामीले आज धेरै कुरा सिक्यौं र यी सिकेका कुरा आफु अध्ययनरत शैक्षिक क्याम्पसमा मात्र न भै आफु बसेको समाजमा समेत प्रवाहित गर्ने छौं । त्यसै गरी कार्यक्रमका अन्य सहभागीहरुले समेत आफु अध्ययनरत शैक्षिक संस्थानको प्रतिनिधित्व गर्दै सुदूरपश्चिम बिश्वबिद्यालय, महकाली मोर्डन पब्लिक स्कुल, फ्लोरिडा ईन्टरनेशनल पब्लिक स्कुलका छात्र छात्राहरुले अब उप्रान्त आफ्नै बलबुतामा यस्तै कार्यक्रमहरुको निरन्तरआयोजना गर्ने बताए । उनीहरुले जोशीको कथनमा सहमति जनाउंदै आ–आफ्ना क्षेत्रमा मानव बेचविखन तथा ओसारपसार बिरुद्ध बृहतरुपमा जनचेतना फैलाउन समय सापेक्ष बिभिन्न कार्यक्रमहरुको आयोजना गर्ने प्रतिबद्धता जाहेर गरेका हुन ।
माईती नेपाल कञ्चनपुरले बिगत बीस बर्ष देखि यस जिल्ला बाट हुने मानव तस्करी रोकथाम र मानव तस्करीको जोखिममा परिसकेका महिला तथा बालबालिकाको उद्धार, संरक्षण, सम्बर्धन तथा पुनर्स्थापनाका लागि उल्लेखनीय कार्य गर्दै आएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>