Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
धनगढी
२०८१ भदौ ०८ गते शनिबार

सिल्पि समुदायका पहिला आचार्य दमाई लाई धनगढि उप महानगरकाे सम्मान ।

धनगढी उपमहानगरपालिकाले आचार्य कृष्णबहादुर दमाईलाई सम्मान गरेको छ। शनिवार एक कार्यक्रमको आयोजना गरी उपमहानगरले आचार्य दमाईलाई सम्मान गरेको हो।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आचार्य दमाईलाई सम्मान पत्र र एक लाख ५१ हजार नगदसहित सम्मान गरेका हुन्। आचार्य दमाइलाई बाजागाजासहित नगर सभा हलमा नगर प्रमुख हमाल र कार्यपालिका सदस्य र कर्मचारीहरूले स्वागत समेत गरेका छन्।
आर्थिक  अभाव खेपिरहेका दमाइलाई धनगढी उपमहानगरपालिकाले जागीर दिने भएको छ। नगर प्रमुख हमालले दमाइले जागीर पाए जीवनयापन गर्न सहज हुने बताएकाले काम दिने बताएका हुन्।
नगर प्रमुख हमालले शिल्पी समुदायबाट आचार्य उपाधी हासिल गरेका दमाइलाई आर्थिक समस्या भएको थाहा पाएर सम्मानसहित नगद सहयोग गरिएको बताए।उनले आचार्य दमाईले चाहेको बखत धनगढी उपमहानगरपालिकामा जागीर गर्न आउन आग्रह गरेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–३ घर भएका दमाइले नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा आचार्य गरेका हुन्। शिल्पी समुदायबाट संस्कृतमा आचार्य पास गर्ने दमाई नेपालकै पहिलो व्यक्ति हुन्।सम्मान कार्यक्रममा बोल्दै आचार्य दमाइले सनातन धर्मको रक्षाका लागि सबै समुदायले विभेद त्यागेर अगाडि बढ्नुपर्ने बताए। उनले धनगढी उपमहानगरपालिकाले स्थानीय सबैभन्दा पहिले आफूलाई सम्मान गरेकोमा खुशी व्यक्त गर्दै सनातन धर्मको रक्षाका लागि काम गर्ने बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>